‘नाङ्गो गाउँ’को प्रचारमा किन छैनन् साम्राज्ञी ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको फिल्म ‘नाङ्गो गाउँ’ शुक्रबारदेखि रिलिज हुँदैछ । यो फिल्मको प्रचारमा कलाकारहरुले खासै साथ दिएको देखिदैन । नायक दयाहाङ राई र नायिका मिरुना मगरले फिल्मको प्रचारमा केही समय मात्र साथ दिए ।
तर, फिल्मकी अर्की नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने फिल्मका हरेक प्रचारका कार्यक्रमबाट टाढा छिन् । फिल्मको ट्रेलरमा निर्माणपक्षले साम्राज्ञीलाई पनि राम्रो स्थान दिएको छ । फिल्ममा उनको केमियो भूमिका मात्र हो या मुख्य नायिकाको भूमिका हो खुलेको छैन ।
फिल्मको प्रचारका लागि साम्राज्ञीलाई निर्माणपक्षले मिडियामाझ ल्याउन निकै मिहिनेत पनि गरेको हो । तर, साम्राज्ञीले दुरी बनाइन् ।
साम्राज्ञी र कर्माको रोमान्टिक अवतार फिल्मको ट्रेलरमा देख्न सकिन्छ । यो फिल्म चलेको खण्डमा शाहलाई पनि फाइदा छ । किनकी, गतबर्ष उनले अभिनय गरेका २ फिल्म बक्स अफिसमा असफल भए । यसपछि, साम्राज्ञीले मिडियाबाट दुरी बनाएकी छिन् ।
फिल्म रिलिजको समयमा कलाकारले साथ नदिदा निर्माणपक्षलाई समस्या पर्छ । कलाकारले जसरी फिल्मको छायांकनमा समय दिन्छन्, त्यसरी नै प्रचारमा पनि साथ दिन आवश्यक छ । तर, मेकरलाई फिल्मको रिलिजको समयमा कलाकारको साथ नपाएर हैरानी व्यहोर्नु परिरहेको छ ।

के प्रकाश सपुत नेपालका ‘सुपरस्टार’ हुन् ?

‘एक भगवत् र एक गीता’को कुनै कार्यक्रममा देखा परेनन् धिरज

सलोनका लागि झुल्किएका सलिन

परमिताले सार्वजनिक गरिन् ‘सोलमेट’

के मिडियाको दबाबमा केकीले बिहे गरेकी हुन् ?

सलोनले किन भने–‘हत्तेरी, अब त अत्ती भो’
‘ऐँचो पैँचो’मा किन बसेन वर्षाको मन ?
_YAMz1RI7v1_9wg3mm3trrkbca67ubkv1eefw2hzttjskkdmzuzvolgzclp9sfirmjqpftqe_8zfr79o8CT_nqhwammjz4c3n584elw6dkpuygwljyqat9g26p2nl6mb2z9brmmbx9c6hj7n.jpg)
प्रतिक्रिया