सलोनका लागि झुल्किएका सलिन

फिल्म ‘ए मेरो हजुर २ र यात्रा’मा काम गरेपछि नायक सलिनमान बनियाँ नेपाली फिल्म क्षेत्रको स्टार बने । उनलाई लिएर फिल्म खेलाउन निर्माताहरुले पनि चासो दिए । तर, फिल्म क्षेत्रको मोहले सलिनलाई भने तान्न सकेन ।
सलिनमानले फिल्म नखेलेको केही बर्ष भैसकेको छ । उनले, अब फिल्म खेल्छन् या खेल्दैनन् भन्ने पनि पक्का छैन । सलिनमान आफ्नै दुनियाँमा मस्त छन् ।
फिल्मको कार्यक्रममा पनि सलिनलाई देख्न कमै मात्र पाइन्छ । तर, उनी आफ्ना नजिकका साथी सलोन बस्नेतका लागि भने सधै अगाडि आउँछन् । सलिनलाई सलोनको बिहे र पार्टीमा मिडियाले क्यामेरामा कैद गरेका थिए । उनै, सलिन बुधबार आयोजना भएको फिल्म ‘जय हो’को प्रिमियर कार्यक्रममा भेटिए ।
सलिनसँग फिल्म ‘ए मेरो हजुर २’का निर्माता सुनिल कुमार थापाले लामो गफ गरेका थिए । सलिनले सलोनलाई भने सधै नै साथ दिदै आएका छन् । तर, फिल्म खेल्ने बिषयमा भने उनको फरक भनाई छ । आफूलाई फिल्म क्षेत्रले बिर्सिएको उनको भनाई छ ।
सलिनले डेब्यू फिल्ममा काम गर्दा नै फिल्ममा काम गर्दाको गाह्रो अवस्था वुझेका थिए । उनले फिल्म ‘यात्रा’का लागि भने निकै मिहिनेत पनि गरेका थिए । तर, यो फिल्म बक्स अफिसमा नचलेपछि सलिन केही निराश देखिएका थिए ।

के प्रकाश सपुत नेपालका ‘सुपरस्टार’ हुन् ?

‘नाङ्गो गाउँ’को प्रचारमा किन छैनन् साम्राज्ञी ?

‘एक भगवत् र एक गीता’को कुनै कार्यक्रममा देखा परेनन् धिरज

परमिताले सार्वजनिक गरिन् ‘सोलमेट’

के मिडियाको दबाबमा केकीले बिहे गरेकी हुन् ?

सलोनले किन भने–‘हत्तेरी, अब त अत्ती भो’
‘ऐँचो पैँचो’मा किन बसेन वर्षाको मन ?
_YAMz1RI7v1_9wg3mm3trrkbca67ubkv1eefw2hzttjskkdmzuzvolgzclp9sfirmjqpftqe_8rWvjuEMXW_p5zbim9fp2xrtcsquhknftllt956sizd6wfrs1mmc5xseshgv3ukeycbzstz.jpg)
प्रतिक्रिया