'नाईं न भन्नू ल ६' को 'कबाट कछुवा' गीत सार्वजनिक

आगामी बैशाख १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘नाई नभन्नु ल ६’को बाल गीत सार्वजनिक गरिएको छ ।

वैशाख १ बाट १५ दिन सरेर वैशाख १५ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको यो फिल्मले बाल गीतको रुपमा लामो समयदेखि चर्चित गीत ‘कबाट कछुवा’लाई नयाँ भर्जनमा तयार गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की शिक्षिकाको भूमिकामा देखिएकी छन् । उनलाई गीतको माध्यमबाट स्कुलका बच्चाबच्चीहरुलाई पढाउँदै गरेको देख्न सकिन्छ । प्रियंकाका अलवा बाल कलाकार अर्थव उप्रेती र एभिलिना खड्कालाई पनि फिचर्ड गरिएको छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । 

भूपेन्द्र रायमाझीको संगीत रहेको नयाँ भर्जनको गीतलाई बेनिशा पौडेलले आवाज दिएकी छिन् । गीतमा शब्द रचना डा सुबोधकुमार पोखरेलको रहेको छ ।  

विकासराज आचार्यको निर्देशन रहेको फिल्ममा आशिर्वाद क्षेत्री, आँचल शर्मा, सरोज खनाल, योगीशा खत्री र एञ्जल राईको मुख्य भूमिका छ ।  ‘नाई नभन्नू ल’ सिरिजको पर्यायझैं बनेका अनुभव रेग्मी भने यस पटक बिशेष भूमिकामा देखिनेछन् । 

फिल्म भित्र केकी अधिकारी र प्रियंका कार्की अतिथि भूमिकामा रहेका छन् । फिल्मलाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता हुन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, रेनिस फागोको कलरिङ, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।