इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’ ‘चित्रकथा’ सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था रुम टु रिडले सो बालकथा प्रकाशन गरेको हो ।
वर्तमान समयमा जलवायु परिवर्तनको समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सो समस्यालाई न्यूनीकरण गर्न बालबालिकालाई सानैदेखि वातावरण संरक्षणसम्बन्धी ज्ञान वा चेतना जगाउने उद्देश्यले यो बालकथा सिर्जना गरिएको लेखक चौधरीले बताए । ‘यसको मुख्य विषयवस्तु वातावरण संरक्षण कसरी गर्नुपर्छ भन्ने नै हो’, चौधरीले भने, ‘यस विषयमा बालबालिकालाई सानैदेखि जलवायु परिवर्तनको समस्या बुझाउन र वातावरण संरक्षण गर्न उत्प्रेरित गर्नु हो ।’
लेखक चौधरीका अनुसार रानाथारू जातिमा प्रचलित एक लोककथाबाट विषयवस्तु तथा पात्रलाई लिएर यो बालकथा सिर्जना गरिएको हो । ‘यसमा रानाथारू जातिमा प्रचलित लोककथाका पात्र र विषयवस्तुलाई बालशैलीमा ढालेर सरल भाषामा नयाँपन ल्याइएको छ’, उनले भने ।
अनन्त वाग्लेको सम्पादन रहेको यस बालकथाको चित्र अनुश्री लामाले बनाएकी हुन् भने यसको डिजाइन विपीन सोडारीले गरेका हुन् । सम्पादक वाग्लेले अहिलेको जल्दोबल्दो समस्या जलवायु परिवर्तनको कारण के हो रु भन्नेबारे जानकारी दिन र यसलाई जोगाउन के गर्नुपर्छ भन्नेबारे बालबालिकालाई सचेत गराउन यो बालकथाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
रंगकर्मी र पत्रकारका रूपमा काम गरिरहेका चौधरीले यो पुस्तक प्रकाशनसँगै बालकथाकारका रूपमा अर्को परिचय थपेका छन् । यो उनको यो दोस्रो बालकथा हो भने पुस्तकाकारका रूपमा प्रकाशित पहिलो बालकथा हो । यसअघि उनको द एसिया फाउन्डेसनद्वारा ‘ढोला फर्कियो त रु’ नामक बालकथा प्रकाशित छ । जुन लेट्स रिड नेपालको वेबसाइटमा पढ्न सकिन्छ । त्यसैगरी चौधरीको नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ नामक अनुसन्धानात्मक पुस्तक पनि प्रकाशित छ ।

एडीबी-नेपाल सहकार्यका ५ दशकबारे फोटो प्रदर्शनी

हेम प्रभासको कवितासंंग्रह ‘साँझमा सेल्फी’ लोकार्पण

'डोटी साहित्य उत्सव-२०८१'बाट पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

लोकगायक एवं संस्कृत विद् यज्ञराज उपाध्यायलाई यशश्वी प्राज्ञ पुरस्कार प्रदान

‘खुल्ला कविता प्रतियोगीता’ आयोजना हुने

सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्…

प्रतिक्रिया