दिलीप ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण

साहित्यकार दिलीप ढकालको औपन्यासिक कृति ‘छलाङ’को लोकार्पण गरिएको छ । शिखा बुक्स पब्लिकेसनका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्व, वरिष्ठ गीतकार तथा गजलकार प्रा. डा. कृष्णहरि बरालको प्रमुख आतिथ्य, जातीय विभेदविरुद्धका अभियन्ता हिरा विश्वकर्मा, कथाकार डा. अशोक थापा, समीक्षक अनुपमा रेग्मीको आतिथ्यमा शुक्रबार प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा आयोजित एक कार्यक्रमबिच सो कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रमका अध्यक्ष पौडेल, प्रमुख अतिथि प्रा. डा. बराल, डा. अशोक थापा र उपप्राध्यापक अनुपमा रेग्मीले सो कृतिको समीक्षा गरेका थिए । सो क्रममा प्रा.डा. बरालले यसअघिका विभिन्न समयका विभिन्न कृतिको प्रसङ्ग निकाल्दै छलाङले समाजमा देखिएका सबै समस्यालाई उठाएको बताए । ‘कुनै कृतिले नारीवाद, कुनैले जातीय विभेदआदि एक–एक विषयको मात्र उठान गरेका छन् तर ढकालको छलाङले जातीय, वर्गीय, लैंगिक आदि विभेद, सामाजिक तथा राजनीतिक सबै समस्याको उठान गरेको छ,’ उनले भने, ‘समाजका सबै कमजोरीलाई समस्याका रूपमा उठाएर लेखकले सुन्दर र शान्त नेपालको परिकल्पना गरेका छन् ।’
त्यस्तै, समीक्षक थापाले उपन्यासकार ढकालको उपन्यास छलाङमा रहेका पात्र आफूले पनि चिनेका र ती पात्रको नालीबेली उतारेको बताए । उनले सो कृतिलाई त्रिपक्षीय छलाङका रूपमा लिएको विश्लेषण गरे । उनले भने, ‘यो कृति जातीय समानताको छलाङ, देशविकासको छलाङ र राजनीतिक छलाङको त्रिवेणी हो ।’ त्यस्तै, समीक्षक रेग्मीले उपन्यासमा मातृत्व बोलेको बताउँदै स्वैरकाल्पनिक दृष्टिले कृति महत्त्वपूर्ण रहेको बताइन् ।
कार्यक्रममा उपन्यासकार ढकालले अहिलेसम्म जातीय तथा वर्गीय विभेदविरुद्ध जति पनि राजनीतिक तथा साहित्यिक आन्दोलनहरू भए, आन्दोलनका क्रममा कैयौंले ज्यान पनि गुमाए तर तिनले समस्याको समाधान गर्न नसकेको भन्दै यी सबै समस्याको समाधान अथवा छलाङका लागि उपन्यास लेखेको बताए । मुख्य जातीय विभेदविरुद्धको आवाज उठाइएको सो उपन्यासको अन्त्यमा अन्तरजातीय विवाह देखाएर समाज तथा देशले छलाङ मार्ने अपेक्षा राखेको उनको धारणा छ ।
३७ परिच्छेद र २७९ पेजमा रहेको सो उपन्यास शिखा बुक्स पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । ढकालका यसअघि ‘एक्लै सन्ध्याको मझेरीमा’ गजल सङ्ग्रह, ‘समालोचकीय आलोकमा यदुनाथ खनाल’ समालोचनात्मक कृतिलगायत पुस्तक प्रकाशित भइसकेका छन् ।

एडीबी-नेपाल सहकार्यका ५ दशकबारे फोटो प्रदर्शनी

हेम प्रभासको कवितासंंग्रह ‘साँझमा सेल्फी’ लोकार्पण

'डोटी साहित्य उत्सव-२०८१'बाट पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

लोकगायक एवं संस्कृत विद् यज्ञराज उपाध्यायलाई यशश्वी प्राज्ञ पुरस्कार प्रदान

‘खुल्ला कविता प्रतियोगीता’ आयोजना हुने

सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्…

प्रतिक्रिया