डेनमार्कमा प्रकाशको ‘लेप्मुहाङ’ र थुक्तेनको ‘फर्केर पुर्व’ विमोचन

साहित्यकार, नाट्य निर्देशक प्रकाश आङदेम्बेको अंगे्रजी भाषाको नाट्यकृति ‘लेप्मुहाङ’ र गजलकार थुक्तेन ड्रुक्पाको गजलकृति ‘फर्केर पुर्व’ डेनमार्कमा विमोचन भएको छ । एसोसिएसन अफ भुटनिज कम्युनिटिस इन डेनमार्क र अन्तराष्ट्रिय साहित्य समाज डेनमार्क च्याप्टरको संयुक्त आयोजनामा केहि दिन अगाडी मिडलफर्ट, डेनमार्कमा एक भव्य कार्यक्रमका बिच २ कृतीहरु एकसाथ विमोचन गरिएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कृतिकार प्रकाश आङदेम्बेले भने ‘हामी अहिले यस्तो देशमा उभिएर हाम्रो कृति विमोचन गरिरहेका छौं, जहाँ संसारको जुनै भूगोलवाट ल्याएको सामान, ढुंगा, रुखहरूको समेत रेकर्ड, इतिहास राखिन्छ । त्यस्तो देशमा उभिइरहदाँ हामीले सम्झनु पर्छ हामीले रुख र ढुंगा जत्ती पनि आफ्नो पहिचान जोगाउन सकेका छौं कि छैनौ ?’ अर्का स्रष्टा ड्रुक्पाले भने ‘नेपाली भाषामा मेरो ठूलो ज्ञान छैन तर यो भाषाको असाध्यै माया लाग्छ । यी सृजनाहरू ज्ञानले होइन सायद मनले लेखें ।’ यसैगरी कार्यक्रमका प्रमुख अथिति एनआरएन डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले पनि दुवै कृतिकारलाई बधाई दिए ।
‘लेप्मुहाङ’ लिम्बू जातिको मिथकीय पात्र हुन् । वर्तमान संसारको सृष्टि उनले गरेको कथ्य मुन्धुममा उल्लेख छ । तर आज मानिसहरू अह्म, स्वार्थको चंगुलमा यति निकृष्ट भैसके कि लेप्मुहाङ स्वयम् सम्झाउनलाई प्रकट भए पनि उसैलाई लखेट्न सक्छन् भन्ने व्यङ्य छ । त्यसै गरी ‘फर्केर पुर्वमा’ स्रष्टाले आफुले भूटानी शरणार्थी अवस्थामा भोगेका कथा, व्यथा, भूटानी निरङकुस शासन प्रतिको विद्रोह, डेनमार्क पुर्नवास भएपछिको मानसिक अवस्था र केही प्रेम प्रसङगका गजलहरू समावेश गरेका छन् । लेप्मुहाङ’ कृतिलाई द नेशन्स फ्यालङस् अमेरिका र ‘फर्केर पुर्व’लाई गजल मञ्च भूटानले प्रकाश गरेको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरको उपाध्यक्ष रमेश घिमिरे र डा. खेमराज गौतमले संयुक्त रुपमा संञ्चालन गरेको कार्यक्रमा सुदर्शन पोखरेल, भक्तराज राई, माइत लिम्बू ‘सानो मान्छे’, रमेश घिमिरे, चम्पा राई, भोलानाथ अधिकारी आदिले आफ्ना सृजनाहरू बाचन गरेका थिए । एसोसिएसन अफ भुटनिज कम्युनिटिस इन डेनमार्कका महिला कलाकारहरूले संगीनि नाच समते प्रस्तुत गरेका थिए । कार्यक्रमका अध्यक्षता पुर्ण दाहालले गरेका थिए ।

एडीबी-नेपाल सहकार्यका ५ दशकबारे फोटो प्रदर्शनी

हेम प्रभासको कवितासंंग्रह ‘साँझमा सेल्फी’ लोकार्पण

'डोटी साहित्य उत्सव-२०८१'बाट पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

लोकगायक एवं संस्कृत विद् यज्ञराज उपाध्यायलाई यशश्वी प्राज्ञ पुरस्कार प्रदान

‘खुल्ला कविता प्रतियोगीता’ आयोजना हुने

सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्…

प्रतिक्रिया