राजेशको हातबाट फुटबलर अस्मितालाई ५० हजार सहयोग

काठमाडौँ – नेपाली चलचित्र क्षेत्रका खम्बा महानायक राजेश हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘डाँडापारी’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा एक विशेष समारोहकाबीच गीतको प्रिमियर गरिएको हो । अभिनेता राजेश हमालले ‘मेची-महाकाली बुहारी संयुक्त आवाज’को तर्फबाट महिला फुटबल खेलाडी अस्मिता रनपललाई प्रदान गरिएको ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । देश तथा विदेशमा फुटबल खेलेर नाम कमाइसक्दा पनि आर्थिक अवस्था कमजोर भएको भन्दै भोलिको दिनमा खेल खेल्न झनै हौसला मिलोस् भनेर संस्थाले रकम हस्तान्तरण गरेको हो । अभिनेता राजेश हमालको हातबाट रकम ग्रहण गर्न पाउँदा आफूले भाग्यमानी महसुस गरेको अस्मिताले बताइन् ।
रामकृष्ण ढकाल र कविता श्रेष्ठको स्वर रहेको गीतमा यमु शर्मा सुब्बाको शब्द र संगीत रहेको छ । भिडियोमा राजेश हमालसँगै गीता ढुंगानाको अभिनय छ । कार्यक्रममा प्रमुख अतिथि तथा गीतका मुख्य कलाकार हमालले ‘डाँडापारी’ गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको बताउँदै गीतकार तथा संगीतकार यमुलाई सम्झिए । ‘विदेशमा रहेर पनि यमु शर्माजीले गीतसंगीतप्रति देखाएको माया प्रशंसनीय छ ।

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

डोटेली भाषाको फिल्म ‘नन्दी’को दोस्रो गित सार्वजनिक (भिडियो सहित)

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

‘फिदा’को गीत सार्वजनिक

‘के छ तिम्रो विचार’

नाजिर र शिक्षा अभिनित ‘आज जान देऊ’

आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’ बोलको गीत सार्वजनिक

प्रतिक्रिया