नेपाल भाषाको गीतमा कविता उषा र स्मारिका

 

काठमाडौँ : ट्रि इन्टरटेन्मेन्टले चलचित्र निर्माणसँगै गीतसंगीत निर्माणमा पनि आफूलाई अगाडि सारिरहेको छ । यसअघि ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरेको यो ब्यानरले नेपाल भाषाको गीत आज सार्वजनिक गरेको छ ।

गीतमा दीपक नेपालीको शब्द छ । दीपकले आफूले आधा घन्टामा यो गीत तयार पारेको बताए । गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज, अस्मिता परियार र प्रिज्ज्वल नेपालीको स्वर छ । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोेडलहरुले अभिनय गरेका छन् । मोेडलहरु उषा उप्रेती, कविता नेपाली र स्मारिका ढकालले गीतमा बेजोेड नृत्य गरेका छन् । उनीहरुलाई डेलविस, राज, प्रितम क्षेत्रीले साथ दिएका छन् । भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन्।