नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

 

काठमाडौं- नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक अन्जु पन्तको स्वरमा गीत किन दुख्छ मुटु सार्वजनिक भएको छ । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ । माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की सङै गीतकार आचार्य समेत भिडियोमा फिचर्ड छन् । मदन कस्यपले खिचेको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् । गीतमा धन र मायालाई तुलना गरिएको छ । धन अगाडि माया फिक्का हुने गरेको तितो यथार्थ गीतले प्रस्तुत गरेको छ ।