प्रमोद खरेलको स्वर रहेको गीत ‘यादहरूमा’

काठमाडौँ- चर्चित गीतकार तथा संगीतकार येदिन गजमेरको नयाँ गीत ‘यादहरूमा’को भिडियो बजारमा सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वरमा सजिएको प्रेम रोमान्स र विरहले भरिएको ‘यादहरूमा’को भिडियो शुक्रबार बजारमा आएको हो । अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले दर्जनौँ नेपाली आधुनिक गीत तथा भजन संग्रहहरुमा आफ्नो शब्द तथा संगीत भरेर चर्चा कमाएका बेला ‘यादहरूमा’को भिडियो बजारमा ल्याएका हुन् ।
वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरु र एक्कासि आफ्नी प्राण प्यारीले छाडेर गएपछिको विरहका दृश्यहरुलाई कैद गरिएको गीतमा मोडलद्वय रमेश दियाली र साक्षी लम्साल गज्जबसँग खुलेका छन् । सञ्जिव बराइलीको एरेन्ज रहेको गीतमा निशाल पौडेलको छायाङ्कन रहेको छ । विकाश दाहालले सम्पादन गरेको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । यसैबीच गायक अनुप रेग्मीको स्वरमा तयार भएको लोक आधुनिक गीत पञ्चेबाजामा संगीतकार येदिनको संगीत रहेको गीत छिट्टै बजारमा आउने तयारीमा रहेको छ ।
विबाहको मौसमलाई लक्षित गरेर ल्याउन लागिएको पञ्चेबाजामा संगीतकार यदिनकै शब्द शृजना समावेश छन् । यसअघि नै संगीतकार येदिनले नेपालका चर्चित गायक गायिकाहरुसँग दर्जनौँ गीतमा सहकार्य गरिसकेका छन् ।

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

डोटेली भाषाको फिल्म ‘नन्दी’को दोस्रो गित सार्वजनिक (भिडियो सहित)

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

‘फिदा’को गीत सार्वजनिक

‘के छ तिम्रो विचार’

नाजिर र शिक्षा अभिनित ‘आज जान देऊ’

आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’ बोलको गीत सार्वजनिक

प्रतिक्रिया