शरद पौड्याल भन्छन् – ‘उठ्न सकिन्छ हिम्मत नहारे’

काठमाडाैं- ०७२ सालको महाभुकम्पमा परि देव्रे खुट्टा गुमाएका शरद पौड्यालले त्यसपछि भारोत्तोलनमा गरेको संघर्ष र सफलताको कथालाई ‘उठ्न सकिन्छ, हिम्मत नहारे’ बोलको गीतमा प्रस्तुत गरेका छन् । पुष्पन प्रधानको स्वर र संगीत रहेको गीतको भिडियो बजारमा सार्वजनीक गरिएको छ । बरिष्ट गीतकार दिनेश अधिकारीको शब्द रहेको गीतको भिडियो सुरेन्द्र सिंह नेपालीले निर्देशन गरेका हुन् ।
निराजन प्रधान र रुबिना थापाले अभिनय गरेको भिडियो बाबु श्रेष्ठले खिचेका हुन भने रेनीश फागोको कलर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र भुपेन्द्र अधिकारीको सम्पादन छ । सम्झना सिंह नेपाली निर्माता रहेको भिडियोमा जस्तो परिस्थितिमा पनि हिम्मत नहारि जीउनु पर्छ भन्ने प्रेरणादायिक सन्देश प्रस्तुत गरिएको छ । यथार्थ घटनालाई प्रस्तुत गरिएको गीत तथा भिडियोले दर्शक–स्रोताबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको जानकारी निर्देशक नेपालीले दिए । उनले गीतको माध्यमबाट आममानिसमा बाँच्ने र समाजका लागि केही गर्ने सन्देश प्रस्तुत गरिएको बताएका छन् ।

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

डोटेली भाषाको फिल्म ‘नन्दी’को दोस्रो गित सार्वजनिक (भिडियो सहित)

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

‘फिदा’को गीत सार्वजनिक

‘के छ तिम्रो विचार’

नाजिर र शिक्षा अभिनित ‘आज जान देऊ’

आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’ बोलको गीत सार्वजनिक

प्रतिक्रिया