प्रकाशको ‘कसरी हाँस्न सक्छु र म’

काठमाडाैं- प्रकाश गुरुङको आधुनिक गीत ‘कसरी हाँस्न सक्छु र म’ सार्वजनिक भएको छ । वेभ स्टुडियोबाट तयार भएको उक्त गीतमा शब्द संयोजन तथा संगीत प्रकाश गुरुङकै रहेको छ भने नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् । नवलपुरको गिरुवारी आसपासमा छायांकन गरिएको गीतमाथि आकर्षक भिडियो समेत बनेको छ । सागरबाबु भट्टको निर्देशनमा बनेको उक्त भिडियोमा राज पोखरेलको छायांकन रहेको छ भने मनोज कार्कीको सम्पादन रहेको छ ।
सानैदेखि आफूले माया गरेको मान्छेको अर्कैसँग बिहे हुँदाको पीडालाई गीतले आकर्षक ढंगले समेटेको छ । गीतमा रोशनी कार्की, सागर थापा ‘ध्रुव’, केशवराज अर्याल, शैलेश सारुमगर, डीबी गुरुङ, जनक न्यौपाने, ताराबहादुर कार्की, अनिल खाँण, गोकुल सारु आदिको अभिनय रहेको छ । भिडियोमा गायक प्रकाशलाई समेत देख्न सकिन्छ । ‘कसरी हाँस्न सक्छु र म’ गीतलाई गायक गुरुङको आफ्नै युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

डोटेली भाषाको फिल्म ‘नन्दी’को दोस्रो गित सार्वजनिक (भिडियो सहित)

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

‘फिदा’को गीत सार्वजनिक

‘के छ तिम्रो विचार’

नाजिर र शिक्षा अभिनित ‘आज जान देऊ’

आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’ बोलको गीत सार्वजनिक

प्रतिक्रिया