फिल्म बन्ठेको टिजर सार्वजनिक

 

काठमाडौं- नेपालि फिल्म बन्ठे धेरै समय अगाडी छायाँकन गरिएको फिल्म हो । कोरोना महामारीले गर्दा कयौ फिल्महरु अस्तव्यस्त नै भयो भने केही फिल्म भने मिति तय भए लगत्तै रोकिएका थिए । यो फिल्म पनि त्यही महामारीको सिकार बनेको थियो । यो फिल्मभित्र विकट ठाउँ र त्यहाँ भएका राजनितिक गतिविधिहरुलाई समेटिएको छ ।

तर अहिले आएर प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ । प्रर्दशन मिति नखुलाएपनि यो फिल्मको हालै सानो टिजर सार्वजनिक भएको छ । जसमा कलाकारहरु अभिनेत्री संचिता लुइटेल, मनिष भण्डारी, उमेश सिवाकोटी, राकेश रनपाल, दिक्षा पाठक, परि शाक्य, विसाल श्रेष्ठ, हरेराम दाहाल, नमराज घिमिरे,बाबुराम बस्नेत, नविन राई, अर्जुन खड्का, सन्जय शाह र किरण लगायतको अभिनय रहेको यो फिल्ममा उद्देश्या सिवाकोटी, र सुमिना दाहालले बालकलाकारहरुको भुमिका निर्वाह गरेका छन् । विशाल प्रसाद अधिकारी र शारादा खड्काले निर्माता रहेको यस फिल्मको निर्देशन भने भोमन कटुवालको रहेको छ ।