‘तिमी तारे भीर’

काठमाडौँ- रेवत राईको स्वरमा चर्चित गीत ‘तिमी तारे भीर’को ‘मेल भर्सन’ सार्वजनिक भएको छ । भिडियोमा दयाहाङ राई र मिरुना मगरको जोडीले अभिनय गरेका छन् । दुवै कलाकारको जीवन्त अभिनय भिडिओमा देख्न सकिन्छ । गीतका शब्द श्रवण मुकारुङका हुन् भने संगीत संयोजन शान्तिराम राईले गरेका छन् । भूपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडिओ अनिल रानाले सम्पादन गरेका हुन् । भिडिओ निर्देशन तथा कथा किरण चामलिंग राईले गरेका छन् ।