‘रित्तो रित्तो’मा पूजा र रोेशनको रोमान्स

 

काठमाडौं- द डिभाइन म्युजिकको प्रस्तुतिमा रहेको नेपाली गीत ‘रित्तो रित्तो’को भिडियो सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा संगीतकार अर्जुन पोखरेल, गायक तथा अभिनेता रोशन अधिकारी, निर्देशक विधान कार्कीलगायतको उपस्थिति थियो ।

दिग्गज धौलारीको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको गीतमा रोशन अधिकारीको स्वर रहेको छ । पाँच महिनाअ​घि मुस्ताङका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा नायिका पूजा शर्मा र गायक अधिकारीको अभिनय छ ।  भिडियोका निर्देशक विधान कार्की हुन् भने उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।