भाइरल ७८ वर्षीया कृष्णकुमारी तिवारी भन्छिन्: ‘मेरो प्राण नाचेरै जाओस्’
काठमाडौं- गोर्खाको घलाङकी कृष्णकुमारी तिवारी ७८ वर्षकी भइन्। तर सामाजिक सञ्जालमा चर्चित उनका नृत्यमा देखिने जोश र उत्साह हेर्दा युवा अवस्थाको जस्तो छ। बाल्यकालमा ‘सामाजिक बन्धन र परिवारको डरले’ नाच्न नपाएको बताउने तिवारी रहर पूरा गर्न पाउँदा दङ्ग छिन्। छिमेकी १९ वर्षीया सुनिता बानियाँले टिकटकमा हालिदिएपछि चर्चामा आएकी उनी भन्छिन्, “मेरो प्राण नाचेरै जाओस्।” बीबीसी
प्रतिक्रिया