‘टाईटल विनर फेशन शो’मा संचिता र उषा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dscvidhzowrjsfceqqcr4ryakjw6wbgfcftjromwbzwcnj8jxfislmuuexye_jNIqATmlhm_p0gdhsphekclqs1ffi9e5iglirt40j3b0snr31ipe1wnttnoyoatjxle6uz9.jpg)
नेपालमा पहिलो पटक विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा बिजेता बनेकाहरुलाई ‘पेजेण्ट नेपाल’ ले एउटै र्याम्पमा उतारेको छ १६ वटा विभिन्न सौन्दर्य प्रतियोगीताका ३४ जना उपाधी बिजेताहरु रहेको शो मा भारतको मिस्टर वेष्ट वंगाल २०१३ अनुज शर्माको समेत सहभागिता रहेको थियो । मिस नेपाल २००० उषा खड्गी तथा नायिका संचिता लुईटेल शोस्टपर्स रहेको फेशन शोमा प्रमुख अतिथी द हिडेन ट्रेजरका अध्यक्ष एवं मिस नेपाल आयोजक गोपाल सुन्दर लाल कक्षपती रहेका थिए ।
पहिलो सिक्वेन्स टिशर्ट राउण्ड, दोश्रो क्रियटिभ डिजाईनका डिजाईनरमा ममता बस्नेत, ढाका डिजाईनमा फेशन डिजाईनर जानुका राई, वेस्टर्न डिजाईनमा सुमित रजकको डिजाईनमा तयार भएका डिजाईनद्वारा मोडलहरुले माहोल तताएका थिए । कार्यक्रममा करीब २५ जना ईभेन्ट अर्गनाईजरहरु समेत एकै साथ र्याम्पमा हिडेका थिए भने आफ्ना कम्पनीको प्रतिनिधित्व गरेका विजेतालाई स्वयं आयोजकले नै प्रमाण पत्र प्रदान गरेका थिए । अन्तिम राउण्डमा आफुले पहिरेका पहिरन, स्यास तथा क्राउनमा उपस्थित भएका मोडलहरुले आफ्नो उपाधी बिजेता शो प्रस्तुत गरेका थिए ।
शोमा चर्चित कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, महादेव त्रिपाठी, यमन श्रेष्ठ, रिता केसीले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रम यल्लो प्यागोडा होटलमा आयोजना गरिएको थियो । कार्यक्रम संचालन रोजीन शाक्य तथा आश्विनी झाले गरेका थिए । उक्त फेशन शोको कोरियोग्राफी स्वस्तिका लामा तथा संजयराज विक्रमले गरेका थिए भने मेकअप राज मेकअप स्टुडियो र फोटोग्राफी आर्टिष्ट नेपालको रहेको थियो ।
![‘मोडल हन्ट नेपाल’को उपाधि विवश र नेहालाई](https://snowberry.prixacdn.net/media/gallery_folder/model%2520hunt_f3rQtXf6sg_1t5qwiyctjgcu9vi6g3qbem7qvuxqzcauy6ex4sby0cywmj7u2gsipn2djuw_M7PiZbHlZs_pfkodmbjin2uvemf6zesns2k4psrxnat63lex0yacwjdfmugoxomwb1sjfvo.jpg)
‘मोडल हन्ट नेपाल’को उपाधि विवश र नेहालाई
![‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ को चौथो सँस्करणको घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/fashion%2520show_h2gGrSA4WQ_nlqib9jr84mgdggovympzxoftxtb8cbcjzb2cjyhnazy2szajeubvg5h3wyp_OfJRgtoEt6_tsxp8jndp66hdafecvpkhebnvxuzcrkfayijwowuqsneug4ytleoyku4glqs.jpg)
‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ को चौथो सँस्करणको घोषणा
![नेशनल डिजाइनर रन वेको उपाधि प्राङ्देनलाई](https://snowberry.prixacdn.net/media/gallery_folder/Designer%2520Runway%25204_PTOL4uedmT_brwyxzswr1gyvjsopg8pydrrcn0boj4bhrpdv8sa754qrv2dqwqxfme4xj8p_82Twytsl3C_hmeldmbisb3iodcfhwwckqykvzaofwuricyci199y52ysxyqowyleybustzl.jpg)
नेशनल डिजाइनर रन वेको उपाधि प्राङ्देनलाई
![‘फेस अब क्लासिक डाइमन्ड’को उपाधि पूर्णिकालाई](https://snowberry.prixacdn.net/media/gallery_folder/face%2520of%2520diamond_Qw6Umaltvs_x4ehffivdenc0qjgtyytbvphepmghly8inzlcm0udjkopctwkql2mgqpvivl_UDdZ53X1bx_w2htkwqvrl5mlqd8f0tdwc0cxape7gtt6fdb0mvmqrxye9nrabahroejyew9.jpg)
‘फेस अब क्लासिक डाइमन्ड’को उपाधि पूर्णिकालाई
मोडल हन्ट नेपाल’को नयाँ संस्करण सुरु
![नेपाली सुन्दरी सबी थापाले जितिन् ‘ड्याज्लीङ डिभा’ अवार्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/Sabi%2520Thapa%25204_5v5v9uzzUp_0p9oqszoafylkn5p99rl3xbefwzvqyquzopqj21ovz86k7rqvdyaqmb5ezbr_61JemUmZaz_340o6srdibepcbsotyzarjixc8gtla8yah9uszwh63mvhuwbdvml0jjchbiy.jpg)
नेपाली सुन्दरी सबी थापाले जितिन् ‘ड्याज्लीङ डिभा’ अवार्ड
![विवाहित महिलाहरुको ट्यालेन्ट सो](https://snowberry.prixacdn.net/media/gallery_folder/REE01793_yewd5ACYp4_awnmtf4llmb6zhthafb7xlpgdhwsevw01xgli4szmh9t46ii2obyjpifbfz0_RI7RnlXJYK_gie2cllwg1ifpw8fabyff26i4q8l7pzcwjdixgdarb9onz9v57mqvzjvk8ct.jpg)
विवाहित महिलाहरुको ट्यालेन्ट सो
![सन्तोषले जिते ‘मिस्टर नेपाल २०२४’को उपाधि](https://snowberry.prixacdn.net/media/gallery_folder/mr%2520nepal_8nJZuekhbo_ktmon4pg5okg13xxvghem8spkq8napdul3ikqdrjje0pxzjuurygcemt8klr_5A4GQYGBNz_gicaixypnxjd6f1obsgb1mfdcevkpxcv1vba51qlsjwjb1taym8ow7v6h3f8.jpg)
प्रतिक्रिया