नरसिंहाकी नीति शाह

नायिका नीति शाहको करिअर अहिले चम्किएको छ । नाम चलेका स्टार र नाम चलेका व्यानरसँग उनको सहकार्य जारी छ । सुरुवातमा ४ वटा फिल्म साइन गरेर पनि कुनै नबनेपनि दिकदार भएकी नीति अहिले फुरुङ्ग छिन् । उनलाई लिएर धमाधम फिल्म बनिरहेका छन् ।
चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ले नीतिको करिअरलाई अझै अगाडि बढाउने विश्वास गरिएको छ । यो फिल्ममा नीतिले नायक राजेश हमालसँग पर्दा शेयर गरेकी छिन् ।
नीति हाल फिल्म ‘मोहर’को छायांकनमा पनि व्यस्त छिन् । उनले, ‘रुखान’ नामक फिल्म पनि साइन गरिसकेकी छिन् । एकपछि अर्को फिल्ममा व्यस्त रहेकी नीतिलाई अहिले ‘लक’ लागेको विश्लेषण गरिएको छ ।
तस्वीर: राज मल्ल
प्रतिक्रिया