मेकअप सिकाउँदै बोर्ड

चलचित्र विकास बोर्डको आयोजनामा सुर्खेतमा फिल्मकर्मीको लागि ५ दिने मेकअप कार्यशाला सुरु भएको छ । फिल्मकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यशालामा नेपाली फिल्म क्षेत्रका पाका सौन्दर्यकर्मी एवं प्रशिक्षक सन्तु तामाङले प्रशिक्षण दिइरहेका छन् ।
२७ जना स्थानीय फिल्मकर्मी सहभागी कार्यशालाको उद्घाटन वरिष्ठ नाट्यकर्मी यमनारायण आचार्यले गरे । उद्घाटन समारोहको प्रमुख अतिथिका रूपमा बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारी थिए । बोर्ड सदस्य राजु केसीको संयोजनमा संयोजनमा सञ्चालन भइरहेको कार्यशालामा कर्णालीका प्रतिष्ठित फिल्मकर्मी प्रेमदेव गिरी लगायतका कलाकार र साहित्यकारको समेत उपस्थिति छ ।
माघ ३० गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने यो तालिमले स्थानीय कलाकारलाई फिल्म निर्माणको महत्त्वपूर्ण पक्ष मेकअपबारे व्यवहारिक ज्ञान दिने संयोजक केसीले बताए ।

हार्वर्डमा 'राजागञ्ज’

रि-रिलिजमा रुचाइयो 'सनम तेरी कसम'

नेपाली आदिवासी जनजाति फिल्म फेस्टिभल स्कटल्यान्डमा

कमेडियन भरत र सुमनको पोडकास्ट ‘शुभ’

चेस प्रवर्द्धनमा किरण केसी

द्रौपदीको गीत ‘कर्णाली काटौँला’ सार्वजनिक

फिल्म ‘मै हूँ ना २’ बन्ने !

प्रतिक्रिया