रि-रिलिजमा रुचाइयो 'सनम तेरी कसम'

भ्यालेन्टाइन विकमा रि-रिलिज भएको फिल्म 'सनम तेरी कसम' ले आक्रामक व्यापार गरिरहेको छ। हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होकेनको फिल्मले दर्शकबाट धेरै राम्रो प्रतिक्रिया पाइरहेको छ।
७ फेब्रुअरीमा सिनेमा घरमा रिलिज भएको 'सनम तेरी कसम' ले सोमबार लगभग ३ करोड रुपैयाँ कमाएको थियो भने मङ्गलवार को तथ्याङ्क पनि धेरै सकारात्मक थियो। बलिउड मुभी रिभ्यू डटकमका अनुसार 'सनम तेरी कसम' ले पाँचौँ दिनमा लगभग २.५ देखि २.७५ करोड रुपैयाँ कमाएको छ।
यो फिल्मका निर्माता तथा निर्देशक राधिका राव र विनय सप्रुको लागि राहतको खबर हो। 'सनम तेरी कसम' को कुल बजेट लगभग २५ करोड रुपैयाँ थियो र २०१६ मा फिल्म रिलिज हुँदा यसले बक्स अफिसमा केवल ९ करोड रुपैयाँ मात्र कमाएको थियो। तर पुनः रिलिज पछि, यसले २० करोडको आँकडा पार गरेको छ । फिल्मले अहिलेसम्म ३ करोड नाफा कमाएको छ।
फिल्ममा हर्षवर्धनले इन्दर लाल परिहारको भूमिका निभाएका थिए, जो एक वकिल हुन्। मावराले फिल्ममा सारू नामकी केटीको भूमिका निभाएकी छन्, जो दक्षिण भारतीय परिवारकी हुन्।

हार्वर्डमा 'राजागञ्ज’

मेकअप सिकाउँदै बोर्ड

नेपाली आदिवासी जनजाति फिल्म फेस्टिभल स्कटल्यान्डमा

कमेडियन भरत र सुमनको पोडकास्ट ‘शुभ’

चेस प्रवर्द्धनमा किरण केसी

द्रौपदीको गीत ‘कर्णाली काटौँला’ सार्वजनिक

फिल्म ‘मै हूँ ना २’ बन्ने !

प्रतिक्रिया