अष्ट्रेलियामा रिलिज हुँदै ‘एक्टरः टेक वान’

फिल्म ‘एक्टरः टेक वान’ अष्ट्रेलियामा प्रदर्शनमा आउने भएको छ । फेब्रुअरी २१ तारिखमा सिड्नीमा यो फिल्मको पहिलो शोज हुनेछ ।

यसपछि, क्यानवेरा लगायतका अन्य शहरहरूमा पनि यो फिल्मको प्रदर्शन गरिने वितरण कम्पनी इस्सा भाइब इभेन्टका राजजंग क्षेत्रीले जानकारी दिए । वितरक क्षेत्रीले केही शहरमा रिलिजको सबै तयारी गरिसकिएको र केही शहरका लागि भने बूकिङ पनि ओपन गरिएको जानकारी दिए ।

राजन भुसालको डेब्यू निर्देशनमा तयार भएको यो फिल्मले नेपालबाट दर्शकको राम्रै समीक्षा पाएको थियो । फिल्मले नेपालमा भने अपेक्षित व्यापार गर्न सकेन ।

यो फिल्ममा प्रदीप खड्का, राजवल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी लगायतका कलाकारहरूको अभिनय छ । थमन कुमार भण्डारी र मोती कार्की फिल्मका निर्माता हुन् ।