‘मोडल हन्ट नेपाल’को उपाधि विवश र नेहालाई

‘मोडल हन्ट नेपाल सिजन ९’को उपाधि विवश बिष्ट र नेहा बुढाले जितेका छन् । विवशले पुरुषतर्फ र नेहाले महिलातर्फ यो उपाधिको ताज जितेका हुन् । 

यी दुईले विभिन्न उपहारसँगै कम्बोडियामा आयोजना हुने ‘मिस्टर एण्ड मिस सेलिब्रिटी इन्टरटेनसल २०२५’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । 

याक एण्ड यति होटलमा आयोजना भएको रनवे सेटअपमा ३३ युवती र १७ युवाले जोडदार प्रस्तुति दिएका थिए । यो प्रतियोगितामा आदित्य थपलिया र मोना केसी फस्ट रनरअप, एलेन डंगोल र चाँदनी श्रेष्ठ सेकेन्ड रनरअप चुनिएका थिए । 

स्मृति लम्साल, सिला र कासा जस्ता नेपालका नाम चलेका डिजाइनर ब्रान्डलाई पहिरिएर सहभागी युवतीहरू तथा ब्ल्याकबेरिज् र क्यान्टाविल जस्ता अन्तराष्ट्रिय ब्रान्ड पहिरिएर सहभागी युवाहरू प्रतियोगितामा प्रस्तुत भएका थिए । 

करिब तीन घण्टासम्म चलेको प्रतियोगिताको आयोजना नेक्स्ट मोडल्स नेपालले गरेको हो ।