दशैंको फूलपातिमा ‘हरि बहादुरको जुत्ता’ रिलिज हुने

छायांकन भइरहेको फिल्म ‘हरि बहादुरको जुत्ता’को प्रदर्शन मिति तय गरिएको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भइरहेको यो फिल्मको छायांकन काभ्रेमा भइरहेको छ । 
निर्माणपक्षले यो फिल्मलाई आउँदो वर्षको दशैंको फूलपातीमा रिलिज गर्ने घोषणा गरेको हो । 

फिल्मका लेखक तथा कलाकार हरिवंश आचार्यले सामाजिक संजालमा लेखेका छन्–‘हरिबहादुरको पनि जुत्ता फुकालेर यसपालीको दशैंको फूलपातीमा टिका लगाउन आउने भो । फिल्म हरिबहादुरको जुत्ता ।’

यो फिल्ममा सरोज ओली र मोहित आचार्यको लगानी छ । फिल्ममा हरिवंश आचार्य, मुरलिधर प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी लगायतका कलाकारहरुको अभिनय छ । 

यसअघि फूलपातीमा आधा दर्जन फिल्मको प्रदर्शन मिति तय भइसकेको छ ।