‘नरसिंहाः अवतार’मा गुञ्जिदै ‘अच्छा लेकिन’, राजेश, राजसँगै नीति र सनिषाको डान्स
![](https://snowberry.prixacdn.net/media/gallery_folder/rajesh%2520hamal%2520and%2520raj%2520katuwal_XUmG5QE0rH_g9kndfewz8jrg8inedcfqtyfjsqedbky4s5i8juallmdiyknea5eqdi8m5fm_B03Ug7r6rq_3opqu9jlifixv8irrpu6ssur2q5lcitkptrandvhbzlkieewe5pwky5kq7pq.jpg)
फिल्म ‘दैव संजोग’मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा यो गीतलाई समावेश गरिएको छ ।
पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देवीका बन्दनाको स्वर थियो । नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन् ।
यो गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको छ । जरसिंह पौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडियो खिचिएको हो ।
यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्मका निर्देशक दिवाकर भट्टराईले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको बताए ।
यो गीतमा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिसा भट्टराईले नृत्य गरेका छन् ।
चिसो हावामा र धुलो उडेका कारण पनि छायांकनमा केही कठिनाइ भएको कलाकारहरूले बताए । तर, दर्शकले यो गीतको भिडियोलाई रुचाउनेमा उनीहरू विश्वस्त देखिए ।
नायक राजेश हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीतको भिडियोमा नायक हमाल र अर्का नायक कटुवाललाई कर्नेलको अवतारमा देख्न पाइनेछ ।
यो फिल्ममा नायक हमाल र खनालले ३२ बर्षपछि सहकार्य गर्दैछन् । यसैले, दुवै जना गीत छायांकनका क्रममा मिडियासँग उत्साहित देखिए ।
गीतको भिडियो सय कोरस र त्यति नै संख्यामा दर्शक राखिएको छ । एक्सन र लभ स्टोरी कथामा निर्माण भएको यो फिल्ममा दर्शकले विविधता देख्न पाउने विश्वास निर्माणपक्षको छ ।
नायक कटुवालले सुरु सुरुमा नायक हमालसँग नाँच्दा केही डर लागेपनि पछि सहज भएको बताए । यो पूर्व मिस नेपाल उषा खड्गीको डेब्यू फिल्म हो । यसैले, डेब्यू फिल्मलाई लिएर उनको छुट्टै प्रकारको उमंग देखिएको छ ।
यही फिल्मबाट नायक हमाल ८ बर्षपछि पर्दामा फर्किदैछन् । दर्शकका लागि हमालको पर्खाई पनि विशेष हुने देखिएको छ ।
![अष्ट्रेलियामा रिलिज हुँदै ‘एक्टरः टेक वान’](https://snowberry.prixacdn.net/media/gallery_folder/aktor%2520take%2520one_gL1oezilTA_syls8pwlr5bjjwqebxugbny7qtloykj81zw81gswdja58g1bueyl65lhggvz_45d13RC3yK_pvyzuajfe9xi9tnwpwy4fv6iuqnukhvblqs48po9qarwt80qxviilmicimvp.jpg)
अष्ट्रेलियामा रिलिज हुँदै ‘एक्टरः टेक वान’
![‘ए मेरो हजुर ५’बाट संगीतमा खेम सेन्चुरीको फिल्मी डेब्यू](https://snowberry.prixacdn.net/media/gallery_folder/a%2520mero%2520haajur%25205_NfnZchBQ1J_yhpeufqrez3quuylfb9yvhmmreg7rr23v5awbovidgwndm96xuq2znpyy4tq_H4DbAmlEXr_7i7f74cwphz5buhez8gzwuqdu3hbbmowlpu0kigypgfahhhliuxsetltq0ow.jpg)
‘ए मेरो हजुर ५’बाट संगीतमा खेम सेन्चुरीको फिल्मी डेब्यू
![दशैंको फूलपातिमा ‘हरि बहादुरको जुत्ता’ रिलिज हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/hari%2520bhahadur%2520ko%2520jutta_X3WsJYbBfC_o0vfi6ak7se3ov4y0ml0mujozcv2kj9j9xnpfsl0fw7snpbjjiskl77c0ssi_Ilf265c1jl_fe8e5rvexmtdblni45s7uxnognjcd9kniynvl4dvtlzx8op73g45hemfquj0.jpg)
दशैंको फूलपातिमा ‘हरि बहादुरको जुत्ता’ रिलिज हुने
![फिल्म स्टुडियो निर्माणका लागि बोर्डले गर्यो टेन्डरको आह्वान](https://snowberry.prixacdn.net/media/gallery_folder/film%2520developnment_xrxtTI8fjJ_clxdznzohdgst5ta8jdh0fdabmzhh6satnaktjom6k0spwgtpmjbl2qqbcoy_89MttqrKfo_ahm330lwxfzsa0w4zitqtdcn7fulvftmknpvmv4b3ladwal6z7wivrnghqxd.jpg)
फिल्म स्टुडियो निर्माणका लागि बोर्डले गर्यो टेन्डरको आह्वान
![‘भूठान’लाई हलिउड डिष्ट्रिब्यूटर कम्पनीले वितरण गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/BHUTHAN_hJv1gjkqiE_saeosl8gffv1xuq09isqgzuat6f5iouq6uudg3zoersiw50aaxsaxmf1ophw_2uPItbX3n6_cuwzeojyxcd1eopycrazvs1uhf777dprv1q0vkytogjtqxymhpdy51fdjzsc.jpeg)
‘भूठान’लाई हलिउड डिष्ट्रिब्यूटर कम्पनीले वितरण गर्ने
![धमलाले सके ‘द आउट ल दफा: २१९’ को डबिङ](https://snowberry.prixacdn.net/media/gallery_folder/rishi%2520dhamala_Kwh9AlHQJW_8wmz7gejtqusx4cchb4sc7fnu6lcqfgoao4knr9dgtu6ylbl7ypgeqhbp5mv_AgTTVKNlQ6_57fcjeiosglbijhl8kp66fivr4p17tx6sf8wppkebujg521s3wyvfinittjj.jpg)
धमलाले सके ‘द आउट ल दफा: २१९’ को डबिङ
![कमेडी दरबारको दोस्रो सिजनमा नम्रता नदेखिने](https://snowberry.prixacdn.net/media/gallery_folder/NAMRATA%2520SHRESTHA_xcCD5qvxOh_nraa0378rhelli4rmuimpjpz0ivyzalrhyr2w5ygi7tncb5m1nu8tas54ebc_n2m5FnWbiz_yp2l9uv5g0zbbeghizp4inintns9xnlnjefihm3cxiksas1ab39z4mndabmh.jpeg)
कमेडी दरबारको दोस्रो सिजनमा नम्रता नदेखिने
![एलिनाको साथमा ऋचा](https://snowberry.prixacdn.net/media/gallery_folder/alina%2520reecha_vvRSI82NLk_90pq2upnjbnfqj22sdwputqg4gq5x2tggydsbf9hti0yy95ktq6lwnhuxzko_yuFt3Vo38Q_fr8hetrvywkvznahcuaosq8enbqfid9wyyrh4bggptjn4hwznfssntdz7lzw.jpg)
प्रतिक्रिया