‘भूठान’लाई हलिउड डिष्ट्रिब्यूटर कम्पनीले वितरण गर्ने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/BHUTHAN_hJv1gjkqiE_saeosl8gffv1xuq09isqgzuat6f5iouq6uudg3zoersiw50aaxsaxmf1ophw_NHM91JJOyR_gf8uplpsihhuhntzykq6mnif5fcypxwkhqdh0e5opcsugoe0hv9ed07e9gqh.jpeg)
‘भूठान’लाई हलिउड डिष्ट्रिब्यूटर कम्पनीले वितरण गर्ने फिल्म ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिष्ट्रिब्यूटर कम्पनी ‘बफेलो एट’ले वितरण गर्ने भएको छ । अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार फिल्म वितरका लागि डाइरेक्टर ज्याकब सिल्भेरासँग सम्झौता भएको हो ।बफेलो एटले यसअघि अस्कर अवार्डमा गएको फिल्म विमेन अफ द आवर लगायत टेरिफाएर थ्रि, निकोलस केज अभिनीत फिल्म आर्केडियन, रोबर्ट डी निरो अभिनीत वास मि इन द रिभर पनि वितरण गरिसकेको छ ।
अङ्ग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा ,रिचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नको मुख्य भूमिका छ । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो । जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् ।
विनोद पौडेल निर्देशक रहेको फिल्मको अधिकांश छायाङ्कन अमेरिकामै भएको छ । फिल्म सुसन प्रजापतिको छायाङ्कन,अन्जय खड्काको सम्पादन,डिकेश खड्गी शाहीको ध्वनि, श्यामबरण केमको सङ्गीत, सूर्य शाहीको कास्टीङ्ग, उज्ज्वल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अञ्जन गजुरेलको कला निर्देशन रहको छ ।
यस फिल्मलाई ठकुराठी ब्रोज,भ्याकेन्ट लाइट, एभरेस्ट ईन्टरटेनमेन्ट,अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो । नेपालमा भने यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ ।
![अष्ट्रेलियामा रिलिज हुँदै ‘एक्टरः टेक वान’](https://snowberry.prixacdn.net/media/gallery_folder/aktor%2520take%2520one_gL1oezilTA_syls8pwlr5bjjwqebxugbny7qtloykj81zw81gswdja58g1bueyl65lhggvz_p0bJaFF7Gj_u02108resjom1zs1ojgmffwoydbyhehfrkpfrxtl8ml24rvdqnrs4fcmags3.jpg)
अष्ट्रेलियामा रिलिज हुँदै ‘एक्टरः टेक वान’
![‘ए मेरो हजुर ५’बाट संगीतमा खेम सेन्चुरीको फिल्मी डेब्यू](https://snowberry.prixacdn.net/media/gallery_folder/a%2520mero%2520haajur%25205_NfnZchBQ1J_yhpeufqrez3quuylfb9yvhmmreg7rr23v5awbovidgwndm96xuq2znpyy4tq_FhbLY5E95l_uacapkm8eekkgweltuoeuq4ghrfn9rz6hvlntw0xdwhdzeujtcpkxnwufpg0.jpg)
‘ए मेरो हजुर ५’बाट संगीतमा खेम सेन्चुरीको फिल्मी डेब्यू
![दशैंको फूलपातिमा ‘हरि बहादुरको जुत्ता’ रिलिज हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/hari%2520bhahadur%2520ko%2520jutta_X3WsJYbBfC_o0vfi6ak7se3ov4y0ml0mujozcv2kj9j9xnpfsl0fw7snpbjjiskl77c0ssi_pZAEvbxxEt_uttygxo0ennowjkegwqphdairmohparcjcbnlzbtgubti3tgmptmczj2dwfg.jpg)
दशैंको फूलपातिमा ‘हरि बहादुरको जुत्ता’ रिलिज हुने
![फिल्म स्टुडियो निर्माणका लागि बोर्डले गर्यो टेन्डरको आह्वान](https://snowberry.prixacdn.net/media/gallery_folder/film%2520developnment_xrxtTI8fjJ_clxdznzohdgst5ta8jdh0fdabmzhh6satnaktjom6k0spwgtpmjbl2qqbcoy_nl0WtnlylX_fbfhmn9j8qc1k7jzsxktkrt4togcdfaarwst6htkj0qrfrtiv3rf4qbqq90v.jpg)
फिल्म स्टुडियो निर्माणका लागि बोर्डले गर्यो टेन्डरको आह्वान
![‘नरसिंहाः अवतार’मा गुञ्जिदै ‘अच्छा लेकिन’, राजेश, राजसँगै नीति र सनिषाको डान्स](https://snowberry.prixacdn.net/media/gallery_folder/rajesh%2520hamal%2520and%2520raj%2520katuwal_XUmG5QE0rH_g9kndfewz8jrg8inedcfqtyfjsqedbky4s5i8juallmdiyknea5eqdi8m5fm_tVe3vrYbre_dmez8ijmf0drkr278int62ffvyy77flqi3akykah841uplmlerhqalgl0ow9.jpg)
‘नरसिंहाः अवतार’मा गुञ्जिदै ‘अच्छा लेकिन’, राजेश, राजसँगै नीति र सनिषाको ड…
![धमलाले सके ‘द आउट ल दफा: २१९’ को डबिङ](https://snowberry.prixacdn.net/media/gallery_folder/rishi%2520dhamala_Kwh9AlHQJW_8wmz7gejtqusx4cchb4sc7fnu6lcqfgoao4knr9dgtu6ylbl7ypgeqhbp5mv_QYCZGUx5VO_balnyv6viesjwzwrrrll4iwy9omaellgzj7t9hccnhabycbkputm9knpo7uz.jpg)
धमलाले सके ‘द आउट ल दफा: २१९’ को डबिङ
![कमेडी दरबारको दोस्रो सिजनमा नम्रता नदेखिने](https://snowberry.prixacdn.net/media/gallery_folder/NAMRATA%2520SHRESTHA_xcCD5qvxOh_nraa0378rhelli4rmuimpjpz0ivyzalrhyr2w5ygi7tncb5m1nu8tas54ebc_7vQTTSFTeB_aymtf70qcx7lmjfy6epadrmovmpwryehltn2mvig0vo8jys43qldhmrljowi.jpeg)
कमेडी दरबारको दोस्रो सिजनमा नम्रता नदेखिने
![एलिनाको साथमा ऋचा](https://snowberry.prixacdn.net/media/gallery_folder/alina%2520reecha_vvRSI82NLk_90pq2upnjbnfqj22sdwputqg4gq5x2tggydsbf9hti0yy95ktq6lwnhuxzko_pLuGhjeABS_bn2izzn9fpcg08h30w19o7gvehlhehcwqthqwngrdopxz8bae7jem2j5forx.jpg)
प्रतिक्रिया