कमेडी दरबारको दोस्रो सिजनमा नम्रता नदेखिने

पूर्व मिस नेपाल नम्रता श्रेष्ठलाई दर्शक माझ पुर्‍याउने कार्यक्रम 'कमेडी दरबार' बनेको छ । सुरुवाती समयबाट नै कार्यक्रम सञ्चालन गरिरहेकी उनले अब भने कमेडी दरबार छोड्ने भएकी छन् ।

 पहिलो सिजनका लागि एग्रिमेन्ट भएको र उनी दोस्रो सिजनबाट भने नदेखिने पक्का भएको हो । पहिलो सिजन सकिने लाग्दा उनले दोस्रो सिजनमा आफू नहुने जानकारी दिएकी हुन्  ।

आफ्नो व्यस्तता फिल्म र अन्य प्रोजेक्टमा बढेको कारण कमेडी दरबार छोड्न लागेको उनले बताइन् । नम्रता अभिनीत फिल्म ‘रङ्गी’ आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।