दोस्रो सातामा ‘एक्टरः टेक वान’लाई सय शोज, पहिलो सातामा कति कमायो ?

माघको १६ गतेबाट रिलिजमा आएको फिल्म ‘एक्टरः टेक वान’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातामा रिलिज हुँदा केही झन्झट व्यहोरेको फिल्म शुक्रबारबाट भने सामान्य तरिकाले हलमा लागिरहेको छ ।

यो फिल्मले पहिलो सातामा कति कमायो भनेर निर्माणपक्षले अहिलेसम्म सार्वजनिक गरेको छैन । फिल्मले पहिलो सातामा ठीकठाक व्यापार गरेको देख्न सकिन्छ । 

तर, फिल्मले दर्शकको प्रतिक्रिया भने सुखद पाएकाले दोस्रो सातामा पनि हलसम्म दर्शक तान्न सक्ने अपेक्षा गरिएको छ । यो फिल्म नेपालमा दोस्रो सातामा १ सय २ शोजका साथ चलिरहेको छ । 

नेपाल बाहिर पनि यो फिल्म रिलिज भइरहेको छ । फिल्म रिलिजका लागि नायक प्रदीप खड्का जापान पुगेका छन् । प्रदीप जापानबाट अमेरिका जाने कार्यक्रम छ । 

यो फिल्मको दोस्रो सिक्वेलको समेत दर्शकले माग गरेका छन् । राजन भुसालको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीप खड्का, राजवल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव लगायतका कलाकारहरूको अभिनय छ । फिल्मको क्लाइमेक्सलाई दर्शकले रुचाएका थिए । 

थमन कुमार भण्डारी निर्माता रहेको फिल्मका क्रियटिभ निर्माता मोती कार्की हुन् । अनिश भुसाल फिल्मका सह–निर्माता हुन् ।