हलमा तीन नयाँ नेपाली फिल्म

आजबाट हलमा तीन नयाँ फिल्म रिलिज भएका छन् । फ्राइडे रिलिज अन्तर्गत आजबाट फरक फरक जनराका तीन फिल्म रिलिजमा आएका हुन् । 

समर निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ममी’ बलियो समीक्षासहित आजबाट रिलिजमा आएको छ ।

प्रियंका कार्की, दिया मास्के, सुलक्षण भारती लगायतका कलाकारहरूको यो फिल्ममा अभिनय छ । फ्यामेली हरर जनराको यो फिल्मलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ । बिहानैबाट नायिका प्रियंका कार्की विभिन्न हलमा दौडिरहेकी छिन् । 

यस्तै, नायिका ऋचा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘सारंग’ पनि आजबाट रिलिजमा आएको छ । बाल मनोविज्ञानको कथामा आधारित रहेको यो फिल्मलाई प्रशान्त तामाङले निर्देशन गरेका हुन् । 

यस्तै, आजबाट फिल्म ‘जुना’ पनि रिलिजमा आएको छ । बाल–बिबाहको कथामा तयार भएको यो फिल्मलाई जीवन सेन्चुरी निर्देशन गरेका हुन् ।

फिल्मको कथावस्तुले विभिन्न ठाउँमा शो हुँदा दर्शकको मन जितिसकेको छ । यसैले, यो फिल्मलाई पनि दर्शकले रुचाउने विश्वास गरिएको छ । 

यसरी तीन फिल्म एकसाथ रिलिजमा आउँदा दर्शकले फरक फरक कथालाई पर्दामा हेर्न पाउने भएका छन् ।