कमेडियन भरत र सुमनको  पोडकास्ट  ‘शुभ’

कमेडी च्याम्पियनबाट चर्चामा आएका कमेडियन भरतमणि पौडेल र सुमन कोइराला पोडकास्ट सुरु गरेका छन् । उनीहरूले  ‘शुभ’ नाम दिएर पोडकास्ट सुरु गरेका हुन् । भरत र सुमन दुवैले फुर्सदको सदुपयोगसँगै सम्बन्ध विस्तारका लागि पोडकास्ट सुरु गरेको बताएका छन् ।

पहिलो भागमा यी दुईले प्रियङ्का कार्की, गम्भीर विष्ट र आश्मा विश्वकर्मासँग कुरा गरेका थिए । पोडकास्टमा १२ भाग खिचिसकेको र यसपछिका शृङ्खलामा मनोरञ्जनसँगै अन्य क्षेत्रका सेलिब्रेटीसँग कुरा गर्ने योजना रहेको दुवैले बताए ।
भरत कमेडी च्याम्पियन सिजन दुईका विजेता हुन् भने सुमन पहिलो सिजनका रनर अप हुन् ।