चेस प्रवर्द्धनमा किरण केसी

चेसको प्रवर्द्धनमा चर्चित हास्य कलाकार किरण केसी जुटेका छन् । यो खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले केसी र उनका छोरा सुदीपको पहलमा बुधवार थापाथली चेस पार्कमा मैत्रीपूर्ण चेस प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा चेस खेलका राष्ट्रिय विजेता खेलाडीदेखि बालबालिकासम्म सहभागी थिए । ‘फ्रेन्ड्ली चेस म्याच’ नाम दिइएको उक्त अवसरमा ‘चेस टु डटकम’ नामक पोर्टल पनि लन्च गरियो ।
केसीले यसबारे भने, ‘खेल्नेलाई हौसला दिन मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको हो । चेस खेलेर खान पुग्छ र जीविका चलाउन सकिन्छ भन्ने उद्देश्य र सन्देशले कार्यक्रम गरिएका हो । चेस हराउनु हुँदैन । बच्चाले लिएको मोबाइलमा दश थरीका खेल आएका छन् । चेस खेलाउन सके बौद्धिक विकास हुन्छ । धैर्यता रहन्छ । अघि बढ्ने तरिका सिकाउँछ । डिफेन्स र अट्याक गर्ने कुरा सिक्छन् ।’
उनले चेस खेललाई पाठ्यक्रममा राख्न समेत सरकारसँग माग गरे । पछिल्लो समय अमेरिकामा बस्दै आएका केसीका छोरा सुदीपले बुवा र साथीभाइको सहयोगमा आफूले नेपालमा चेसको प्रवर्द्धन थालेको बताए । सुदीपले चेसलाई नेपालमा व्यावसायिक रूपमा अघि बढाउन चाहेको बताए । ‘चेस खेलेर जीविका चलाउन चाहन्छु भनेर आएको हो’ उनले भने । प्रतियोगितामा विजयीको प्रोत्साहनको लागि पुरस्कार समेत प्रदान गरिएको थियो ।

हार्वर्डमा 'राजागञ्ज’

मेकअप सिकाउँदै बोर्ड

रि-रिलिजमा रुचाइयो 'सनम तेरी कसम'

नेपाली आदिवासी जनजाति फिल्म फेस्टिभल स्कटल्यान्डमा

कमेडियन भरत र सुमनको पोडकास्ट ‘शुभ’

द्रौपदीको गीत ‘कर्णाली काटौँला’ सार्वजनिक

फिल्म ‘मै हूँ ना २’ बन्ने !

प्रतिक्रिया