द्रौपदीको गीत ‘कर्णाली काटौँला’ सार्वजनिक
फिल्म ‘द्रौपदी’को पहिलो गीत ‘कर्णाली काटौँला’ सार्वजनिक भएको छ । गीतमा डेब्यु अभिनेता समेत रहेका रवि ओड र पछिल्लो समयकी चर्चित गायिका इन्द्रकला राईको स्वर समावेश छ । निर्देशक ऋषिराज आचार्यको शब्द रचना रहेको गीतमा गायक ओडको सङ्गीत छ । रोमान्टिक भावमा बुनिएको गीतले कर्णालीको आञ्चकलिता र लयलाई स्पर्श गरेको छ ।
विष्णु ठडराईको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका दुई जोडी ऋषिराज र आश्विनी शाही, रवि ओड र सुजता तिमल्सिनाबीचको रोमान्सलाई चित्रण गरिएको छ ।
चैत ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा राज भाम, जेएलसन अधिकारी, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीको पनि अभिनय छ । मोहनकुमार झिल्लुको छायाङ्कन रहेको फिल्ममा निर्देशक आचार्य र प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सह निर्मातामा छन् ।
प्रतिक्रिया