फिल्म ‘मै हूँ ना २’ बन्ने !

फिल्म ‘मै हूँ ना २’ बन्ने खबर बाहिरिएको छ । फराह खानले हाल स्क्रिप्टमा काम गरिरहेकी छिन्। शाहरुखको प्रोडक्सन हाउस ‘रेड चिलीज’मा यो फिल्मको काम भइरहेको छ । 

सन् २००४ मा रिलिज भएको खानको फिल्म ‘मै हूँ ना’ मा फराह खानले काम गर्ने मौका पाएकी थिइन् । शाहरुख र पत्नी गौरीको उक्त कम्पनीको ब्यानरमा बनेको ‘मै हुँ ना’ पहिलो फिल्म हो । अहिले सोही कम्पनीमा यसको सिक्वेलको तयारी पनि सुरु भएको छ ।

रिपोर्टका अनुसार शाहरुखलाई फराहले ‘मै हुँ ना २’लाई लिएर बनाएको योजना मन परेको छ । उनी आफ्नो लेखकको टोली र रेड चिलीजसँग काम गर्ने लेखकसँग पटकथामा काम गरिरहेकी छिन् ।

शाहरुखले इन-हाउस टिमलाई स्क्रिप्टमा इमानदारीपूर्वक काम गर्न र पहिलो फिल्मभन्दा पनि धेरै बलियो बनाउन आग्रह गरेका छन् । रिपोर्ट अनुसार सन् २०२५ को मध्यमा पहिलो ड्राफ्ट तयार भई त्यसबारे निर्णय हुने अपेक्षा गरिएको छ । 

शाहरुख र फराहले यसअघि ‘मै हूँ ना’, ‘ओम शान्ति ओम’ र ‘ह्याप्पी न्यु इयर’मा सँगै काम गरिसकेका छन् ।