‘फेरि रेशम फिलिली’को रमाइलो टिजर

फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को टिजर रिलिज भएको छ । यो फिल्मको टिजरमा अमेरिका जान एक युवाले गरेको संघर्षको कथालाई प्रस्तुत गरिएको छ । सार्वजनिक टिजरमा केही रमाइला संवादहरू पनि छन् ।

टिजर र ‘फेरि जालमा’ गीतका कारण दर्शकमाझ फिल्मप्रतिको कौतुहलता अझै बढ्ने अपेक्षा गरिएको छ । सार्वजनिक टिजरमा मुख्य नायक विनय श्रेष्ठ हाबी छन् । साथमा, फिल्ममा सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरुको अभिनय छ ।

सुसन प्रजापतिको छायांकन, आकाश बराल र निरोज महर्जनको पटकथा, नरेश किङ्ग योगीको एक्सन निर्देशक, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे  वाइवा, दीपक शर्माको संगीत, सुरेन्द्र पौडेलको सम्पादन छ । सिनेमा आर्ट र वी मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कँडेलको लगानी छ ।

सुरज बम ठाकुरी कार्यकारी निर्माता रहेको फिल्ममा एनि थापा सह–निर्माताको रुपमा छन् । निरोज महर्जनको निर्देशनमा तयार भएको यो फिल्मको टिजरलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।