न्यूरोडमा ‘भूत प्रियंका’

भोलिबाट रिलिजमा आउन लागेको फिल्म ‘ममी’को प्रचारमा नायिका प्रियंका कार्कीले नौलो शैली अपनाएकी छिन् । 

केही दिनयता केही युवतीहरूलाई ‘भुत’को गेटअपमा न्युरोडमा घुमेको देख्न सकिन्थ्यो । तर, आज भने नायिका कार्की आफै उक्त गेटअपमा न्युरोडका सडकमा हिडिन् । 

भोलिबाट रिलिजमा आउन लागेको यो फिल्मको प्रिमियरमा नायिका कार्कीको कामको निकै तारिफ भइरहेको छ । यसैले, पनि यो फिल्म चलेको खण्डमा प्रियंकालाई राम्रै फाइदा हुने देखिन्छ ।

फिल्मको प्रचारका लागि प्रियंकाले कुनै कसर बाँकी राखेकी छैनन् । समर निरौला निर्देशित यो फिल्मको यस्तै शैलीको प्रचारको प्रपोज आफैले गरेको प्रियंकाले बताइन् । नायिका कार्कीले यो प्रभावकारी पनि हुने र सजिलो पनि हुने भएकाले गरेको बताइन् ।