सकियो दुई एक्टर विवाद
‘एक्टर’ र ‘एक्टर : टेक वन’ फिल्मका निर्माताबिच नामलाई लिएर चलिरहेको विवादमा सहमति भएको छ । बिहीबार दिउँसो दुई फिल्म बिच आन्तरिक सहमति जुटेको ‘एक्टर : टेक वन’का निर्माता मोती कार्कीले बताए ।
दुवै फिल्मका निर्माताबिच लिखित समझदारी भएको छ । जसमा ‘एक्टर’का निर्माताले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सहमति छ ।
सहमतिपछि दुवै निर्माताले वक्तव्य जारी गर्दै आजैको मितिदेखि फिल्मको प्रदर्शनमा सघाउन चलचित्र विकास बोर्ड र देशभरका हललाई आग्रह गरेका छन् ।
सहमति पत्रमा ‘एक्टर’का तर्फबाट नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिका सम्राट थापा, ‘एक्टर : टेक वन’ निर्माता कम्पनी अदृत फिल्म्स प्रालिको तर्फबाट थमनकुमार भण्डारी र अ मोती फिल्म्सको तर्फबाट मोती कार्कीले हस्ताक्षर गरेका छन् । सहमतिपछि ‘एक्टर : टेक वन’ रिलिज हुने बाटो खुलेको छ ।
- #nepali movie
- #nepali movie
- #bollywood
- #music video
- #durgesh thapa
- #fashion show
- #bijaya baral
- #Kunsang Bomjan
- #bimaalraj chetri
प्रतिक्रिया