रचनाले तयार पारिन् आफ्नै लोगो
गायिका रचना रिमालले आफ्नै लोगो सार्वजनिक गरेकी छिन् । उनले, ‘आर’ अक्षरमात्र समावेश गरेर आफ्नो लोगो सार्वजनिक गरेकी हुन् । अर्घाखाँची महोत्सवबाट उनले यो लोगो सार्वजनिक गरेकी हुन् ।
उनले, सार्वजनिक गरेको लोगोमा आफ्नो नाम, संगीत र सर्वोच्च शिखर सगरमाथालाई स्थान दिइएको छ । रचनाले आफ्नो करिअर सगरमाथा जस्तै उचो बनाउन खोजेको यो लोगोबाट पनि बुझ्न सकिन्छ ।
विश्वका केही सेलिब्रिटीहरुले आफ्नै लोगो सार्वजनिक गर्ने गरेका छन् । रचना पनि अब सोही सुचिमा देखिएकी छिन् ।
रचना अहिलेकी सर्वाधिक व्यस्त गायिका हुन् । जसलाई स्टेज कार्यक्रममा भ्याइनभ्याइ नै छ । आफ्नो गायनकलाबाट रचना सर्वाधिक कमाई गर्ने गायिकाको रुपमा पर्छिन् ।
- #nepali movie
- #nepali movie
- #bollywood
- #music video
- #durgesh thapa
- #fashion show
- #bijaya baral
- #Kunsang Bomjan
- #bimaalraj chetri
प्रतिक्रिया