महिला उद्यमीले हेरे ‘मिसिङः केटी हराएको सूचना’

फिल्म ‘मिसिङः केटी हराएको सूचना’ महिला उद्यमीहरूले हेरेका छन् । मङ्गलवार महिला उद्यमी सङ्घ नेपालको टोलीले राजधानीको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको हल बुक गरी फिल्म हेरेका हुन् । संस्थाका दुई सय महिला सदस्यले हल बुक गरी फिल्म हेरेका हुन् । फिल्म हेरेपछि उनीहरूले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय र लोकेसन मन परेको प्रतिक्रिया दिए । 

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो । फिल्ममा दीपेन्द्र गौचनको निर्देशन गरेका हुन् । फिल्ममा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।

निमक उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मूल, अनिन राज भण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माताको रूपमा रहेका छन् ।