प्रदीपको ‘एक्टर–टेक १’को रिलिज रोक्न अदालतको आदेश
नायक प्रदीप खड्का अभिनित फिल्म ‘एक्टर–टेक १’को रिलिज रोक्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
माघको ४ गतेबाट रिलिजमा आएको फिल्म ‘एक्टर’का निर्माता सम्राट थापाले दिएको उजुरीको आधारमा अदालतले आज अन्तरिम आदेश जारी गरेको हो ।
भोलिबाट रिलिजमा आउन लागेको यो फिल्मको बूकिङ पनि खुल्ला भइसकेको छ । अदालतले माघको २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ । निवेदक नेपाल डायस्पोरा इन्टरटेन्मेन्टका तर्फबाट कानुन व्यवसायी यज्ञमणि न्यौपानेले बहस गरेका थिए ।
फिल्म ‘एक्टर’का निर्माता सम्राट थापाले अदालतमा केही दिन अगाडि मुद्दा दर्ता गरेका थिए । राजन भुसालको निर्देशनमा तयार भएको फिल्म ‘एक्टर–टेक १’मा प्रदीप खड्का, राजवल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्मको सोमबार बेलुकी काठमाडौंमा प्रिमियर समेत गरिएको थियो ।
- #nepali movie
- #nepali movie
- #bollywood
- #music video
- #durgesh thapa
- #fashion show
- #bijaya baral
- #Kunsang Bomjan
- #bimaalraj chetri
प्रतिक्रिया