९ महिनामा १३८ फिल्मले लिए निर्माणको इजाजत, पौषमा मात्र १८ फिल्म
नेपाली फिल्म निर्माणमा बाढी नै आएको छ । चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत लिएर धमाधम काम अगाडि बढाउने निर्माताहरुको संख्या ह्वात्तै बढेको छ । नेपाली फिल्मको व्यापार पनि आकाशिएपछि निर्माताहरु फिल्म निर्माणमा अग्रसर भएका हुन् । जसकाकारण, कलाकारदेखि प्राविधिकहरु व्यस्त बनेका छन् ।
अहिले एकपछि अर्को फिल्म निर्माणको घोषणा पनि ह्वात्तै बढेको छ । यस्तै, फिल्मको छायांकन, पोष्ट प्रोडक्सनमा पनि धेरै फिल्म छन् ।
चलचित्र विकास बोर्डबाट फिल्म निर्माणका लागि पौष महिनामा मात्र १८ फिल्मले इजाजत लिएका छन् । जसमा ‘कु, जारी २, पाला, जनै हराएको बाहुन, परिवारको कथा, नब क्रान्ती, १२ गाउँ २, भाग्य रेखा, द क्लाइन्ट, मैदान, राक्षस, कुसुमे रुमाल, मिटर व्याज, गाउँ खाने कथा, तामाङला कोला, विजुवा, पीआर र भूठान छन् । भदौदेखि मंसिरसम्म मात्र फिल्म निर्माणका लागि इजाजत लिनेहरुको संख्या ६२ पुगेको थियो । यी मध्ये केही फिल्मको छायांकन सुरु भइसकेको छ ।
भदौबाट मंसिरसम्म इजाजत लिनेहरुमा ‘एभ्रिथिङनेस, ममी, नामओती, गुरु आमा, मालती, ज्ञान शास्त्र, देवी, खुला आकाश, हरिबहादुरको जुत्ता, द याक हर्डर, ड्यानी डेन्जरस, अज्ञात, गथांमुग, लालिमा, राइमती, डी.एन.ए, सुर्य विक्रम, रात्तो घाम, तवाबा, असर्फी, नन्की, मन विनाको धन ठूलो कि धन विनाको मन, दिया लाइट, हाङ तामाङ, बुबा, रमिताको पिरती, गौरी शंकर, सिलसिला, एक रात, क्योई साँ, सोनम डोल्पा, हाम्रो बाग्मतीकी रानी, फन फनी घुमेर, जेरी, पुष्पलता, कर्मा, को हुँ म, स्टुडेन्ट चेतना भन्या, सिक्का, माग्ने राजा, ख्या, मर्दन, कसलाई आफ्नो भनु, एफिेन्ट्स इन द फग, अन्धपथ, घर फर्किरहेका चराहरु, श्रीमान् श्रीमती, ताराहरु, कुस्ती, परालको आगो, रंगी, बडा दशैं, द प्रोफेशनल गाइज, खलनायक द रिभेञ्ज, मिसन ८४, हर्ष, चिठ्ठा, लामा, दशमी, प्रेमगीता, विद्रोह र तिन तारा’ छन् ।
यी मध्ये केही फिल्म निर्माण भएर प्रदर्शनको क्रममा छन् भने केही फिल्मका निर्माताले छायांकनको तयारी गरिरहेका छन् । वैशाखदेखि साउनसम्म मात्र ५७ वटा फिल्मले निर्माणका लागि इजाजत लिएका छन् । जसमध्ये केही फिल्म हलमा लागिसकेका छन् ।
वैशाखबाट भदौसम्म निर्माणको इजाजत लिने फिल्महरूमा ‘होस्टेल ३, महाराजधिराज, भड्केलो, लगन, बोक्सीको घर, लडाइ पहिचानको, लेबर, बा मेरा बा, बसन्त, मेयर सिंह, जन्ते बाख्रो, भद्रे जी, मोहर, छक्का पन्जा ५, लाइफ ड्यामेज, श्री बुकुरो, आउटल दफा २१९, प्रारब्ध, वन रक्षक, पेन्सन पट्टा, ढ्याङ्ग्रो, माइली, भागदौड, भाइरल गोर्खे, किसान, मण्डप, एक बिसौली, दाया बायाँ, निशब्द, चाडै फर्कि आउ, सःस, शुक्र र शनी, प्यार के लिए, तै चुप मै चुप, मल्लिका–द लेडी किल्लर, बम बहादुर, तमासा, पेपर म्यारिज, एक नगरी, हन्टर, हाङ, हनि बनी, परान, जुनकिरी–मि त्यो, एकम्, ज्योज्यो, अ प्लेस अण्डर द सन, आर्शिवाद, नरसिंहा अवतार, सोरठी, लंगुर बुर्जा, के घर के डेरा नम्बर २, खोटो, कालमान्डु, डबल ट्रिपल’ फिल्मले इजाजत लिएका छन् ।
माघ, फागुन र चैत्रमा पनि फिल्मको इजाजत लिने निर्माताहरुको संख्या उल्लेख्य बढ्ने देखिएको छ । यसरीहेर्दा, अर्को वर्ष फिल्म रिलिजका लागि ठूलै तछाडमछाड हुने देखिन्छ ।
- #nepali movie
- #nepali movie
- #bollywood
- #music video
- #durgesh thapa
- #fashion show
- #bijaya baral
- #Kunsang Bomjan
- #bimaalraj chetri
प्रतिक्रिया