४५ दिनको सेड्यूलसहित ‘महाभोज’को छायांकन सुरु

४५ दिनको सेड्यूल सहित फिल्म ‘महाभोज’को छायांकन सुरु भएको छ । पोखराको घाचोकबाट छायांकन सुरु गरिएको निर्माणपक्षले जानकारी दिएको छ । 

फिल्मको पहिलो सर्टमा नायक खगेन्द्र लामिछाने र मोहन निरौलाले अभिनय गरेका थिए । हिमाल कडरियाको निर्माणमा तयार हुन लागेको यो फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने,अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, बसुन्धारा भुसाल, मोहन निरौला, वुद्दि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय छ ।

यो फिल्मले सर्वसाधारणको जीवन र भरोसामाथि खेलवाड गर्नेहरू विरुद्धको विद्रोही कथा भन्नेछ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्मको कार्यकारी निर्माता किरण नेपाली र सुदिप ढकाल हुन् ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन छ । निमेष श्रेष्ठको सम्पादन रहने फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । फिल्मको निर्देशन दिनेश राउतले गर्दैछन् ।