विपिन र उपासनाको ‘कर्मा’ चैत्र २९ मा रिलिज गर्न यसरी हुँदैछ काम
संजय लामाको छायांकन तथा सौरभ चौधरीको निर्देशनमा फिल्म ‘कर्मा’को छायांकन दाङमा चलिरहेको छ । यो फिल्मको छायांकन धमाधम चलिरहँदा सम्पादन पनि भइरहेको छ ।
निर्देशक सौरभ चौधरीले फिल्मलाई चैत्र २९ गते नै रिलिज गर्ने जानकारी दिए । उनका अनुसार, फिल्मको सम्पादनको काम पनि छायांकन लगतै हुने भएकाले रिलिजका लागि कुनै समस्या छैन ।
यो फिल्मको दाङ छायांकन सकिएपछि १० दिन जति काम काठमाडौंमा रहेको निर्माणपक्षले बताएको छ ।
फिल्ममा विपिन कार्की, मुकुन भुसाल र उपासना सिंह ठकुरीको मुख्य भूमिका छ । एक्सन जनराको यो फिल्मका लागि निर्माणपक्षले निकै मिहिनेत गरेको देखिन्छ ।
फिल्मको कथावस्तुको विषयमा निर्माणपक्षले अहिले केही पनि बताएको छैन । फिल्मको विषयमा सौरभले भने–‘कुनै पनि फिल्मको पोष्ट प्रोडक्सनका लागि ३ महिना समय लाग्छ । हामीले छायांकन गरेसँगै सम्पादन पनि गरिरहेका छौं । यसैले, फिल्मलाई चैत्र २९ गते नै रिलिज गर्छौ ।’
चैत्र २९ मा ‘पिताम्बर’ र ‘नरसिंहाः अवतार’ पनि रिलिज गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया