‘काकु’को ‘परान’मा गोल्छा समुहको लगानी

‘सक्किगोनि’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’मा असमझदारी कायम भएपछि बाहिरिएका कलाकार तथा निर्देशक दीपक आचार्य ‘काकु’ अब फिल्म निर्देशन गर्ने तयारीमा छन् । उनले निर्देशन गर्न लागेको पहिलो फिल्मको नाम ‘परान’ राखिएको छ । यो फिल्मको बुधबार औपचारिक रुपमा घोषणा हुँदैछ । 

यो फिल्मलाई गोल्छा समूहले निर्माण गर्ने पक्का भएको छ । नेपाली फिल्मले व्यवसायीक रुपमा राम्रो कमाई गर्न थालेपछि उद्योग पति आकर्षित भएका छन् । यसको उदाहरण ‘परान’ पनि हो । 

चौधरी ग्रुप, गुण समूहले फिल्म बनाइरहेका छन् । अब, गोल्छा समूह पनि नेपाली फिल्म निर्माणमा आकर्षित हुनु सुखद कुरा हो । 

यो फिल्ममा नीर शाह, प्रवीण खतिवडा, अन्जना बराइली, महेश त्रिपाठी लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ । यो फिल्मले बाबु र छोरीको कथा भन्नेछ । फिल्मलाई बायस्कोप सिनेमाको व्यानरमा निर्माण गर्न लागिएको हो ।