अमेरिका वर्षा र जोयसको फिल्म ‘हिउँको गीत’को छायांकन सम्पन्न

अमेरिकामा पुगेर नायिका वर्षा राउतले एक फिल्ममा काम गरेकी छिन् । उनले काम गरेको फिल्मको नाम ‘हिउँको गीत’ राखिएको छ । ओहायो राज्यको क्लिभल्याण्ड शहरमा हलिउड फिल्मको छायांकन गरिने सुविधा सम्पन्न स्टुडियोमा यो फिल्मको छायांकन भएको हो । पेन्सलभेनिया राज्यको पिट्सबर्ग शहरमा अन्तिम दृश्यको छायांकन गरेसँगै यो फिल्मको सम्पादन सुरु भएको छ । जोयश पाण्डेसँग संयुक्त लेखनमा तयार भइरहेको फिल्मलाई विमल सुवेदीले निर्देशन गरेका हुन् । फिल्ममा वर्षासँगै जोयसको पनि अभिनय छ । 

नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको फिल्ममा नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत गरिएको निर्माण समूहले जनाएको छ ।  

एउटा परिवार तर फरक पुस्ता, परिवेश र अनुभव बोकेका सदस्यमार्फत फिल्मले समग्र नेपाली भाषी भुटानीको आफ्नै देशबाट लखेटिनुअघि सरकारबाट योजनाबद्ध बर्बर यातनादेखि लखेटिएपछि नेपालको शरणार्थी शिविर र अमेरिका आइसकेपछि परिवारका फरक फरक सदस्यमा देखिने संरचनात्मक र मनोवैज्ञानिक असरलाई फिल्मको कथामा समेटिएको निर्माता समुन्द्रराज घिमिरेले जानकारी दिए । 

‘यो फिल्म नेपाली भाषी भुटानीको पहिलो दृश्यात्मक ऐतिहासिक दस्तावेजसमेत हुनेछ,’ निर्देशक सुवेदी भन्छन्, ‘बच्चा अवस्थादेखि पढेका, सुनेका र कथा लेखनका विभिन्न चरणमा नेपालको शरणार्थी क्याम्पदेखि नाटक निर्माणका क्रममा भेटेका सयौं व्यक्तिहरूसँग भेटेर सुनेको अनुभवको आधारमा यो फिल्म तयार भएको हो । यसले भुटानी नेपालीको मात्र कथा भन्दैन, अमेरिका आएका संसारका आप्रवासीको कथा समेट्छ । 

सुवेदीले चलचित्र नेपाली र अंग्रेजी गरी दुई भाषामा फिल्म खिचिएको बताएका छन् । 

जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य कार्यकारी निर्माताको रुपमा रहेको फिल्ममा मनोरथा खनाल, राकेश भट्टराई, रमेश लुइँटेल र पुण्य कुइँकेल सह–निर्माताको रुपमा छन् । फि

नोरथ खनाल, राकेश भट्टराई, रमेश लुइँटेल र पुण्य कुइँकेल सह निर्माताका रुपमा रहेका छन् । फिल्मलाई ह्याप्पी होम स्टुडियोजको प्रस्तुतिमा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन् । 

फिल्ममा वर्षा र जोयशबाहेक  पूजा चन्द, आकाश खतिवडा, ईशिर कर्मचार्य,थोमस किथ स्कट, केदार उप्रेती, आर. बी. खड्का, अर्जुन रसाइली, समीर रेग्मी, मनोरथ खनाल, नीलम खनाल, इशान कर्माचार्य, कृस्टल पराजुली,  एन्जेलिना पराजृुली, जोशन रामदाम, निर्मल खनाल,विष्णु रामदाम, मिसेल स्कट, आयुष भट्टराई, नवीन खनाल, जोशिका रामदाम आदिको अभिनय रहेको छ ।

फिल्ममा पेन्सलभेनियाको ह्यारिसबर्ग तथा ओहायोको कायाहोगा फल्स, एक्रोन, कोलम्बस, सनसाइन तेक्वान्दो तथा नृत्य एकेडेमी, इन्टा फाउन्डेसनका चार दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन् ।