१० करोड नाफा कमाएपछि छोरालाई विराजको ३ करोडको गाडी उपहार
फिल्म ‘१२ गाउँ’बाट १० करोड भन्दा बढी नाफा कमाएपछि नायक तथा निर्देशक विराज भट्टले छोरा समीर भट्टलाई महँगो गाडी उपहार दिएका छन् । उनले छोरा समीरलाई ‘ल्याण्ड क्रुजर २५०’ उपहार दिएका हुन् । यो गाडीको मूल्य ३ करोड भन्दा बढी पर्ने बताइएको छ ।
विराज चावहिलस्थित टोयोटाको शोरुमा पुगेर गाडी किनेका थिए । उनले, शोरुममा नै केक काटेका थिए ।
केक काटेपछि विराज आफैले गाडी चलाएर निस्केका थिए । यो गाडी विराजले समीरलाई पूर्व पुगेर दिनेछन् । समीर हाल फिल्म ‘बलिदान’को सेटमा व्यस्त छन् ।
फिल्म ‘१२ गाउँ’ले नेपाली बक्स अफिसमा मात्र २० करोड माथिको ग्रस कलेक्शन गरेको थियो । विदेशी बजार र डिजिटल राइट्सबाट पनि विराजले राम्रो रकम कमाएका थिए ।
विराजले नयाँ फिल्म ‘१२ गाउँ २’ पनि चलचित्र विकास बोर्डमा दर्ता गरिसकेका छन् । आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारीका साथ विराजले यो फिल्म दर्ता गरेका हुन् ।
प्रतिक्रिया