‘महाभोज’मा मिरुनाको ठाउँमा गौमाया

फिल्म ‘महाभोज’मा नायिका परिवर्तन गरिएको छ । मुख्य भूमिकामा काम गर्न लागेकी नायिका मिरुना मगरको ठाउँमा अब गौमाया गुरुङको इन्ट्री भएको छ । नायिका मिरुना मगर फिल्म ‘कुस्ती’मा व्यस्त भएपछि उनले समय दिन नभ्याएकी हुन् । यसैले, फिल्ममा गौमायाको प्रवेश भएको निर्माणपक्षले बताएको छ । 

यो फिल्मको छायांकन अब माघको १ गतेबाट सुरु हुँदैछ । फिल्मलाई हिमाल कडरियाले निर्माण गर्दैछन् । यो फिल्ममा दयाहाङ राई, आर्यन  सिग्देल, अञ्जना बराइली, गौमाया, खगेन्द्र लामिछाने, मलिका महत्त लगायतका कलाकारहरुको अभिनय रहनेछ । 

विकास सुवेदीको पटकथा रहने फिल्मलाई क्लक वर्क क्रियशनले निर्माण गर्न लागेको हो । फिल्ममा दिनेश राउतको निर्देशन रहनेछ ।