फेसन शोमा प्रदिप, आँचल, मिरुनादेखि दिव्याको र्याम्प वाक
नेपाली फिल्मका स्टार कलाकारहरू शनिबार बेलुकी क्याट वाकमा उत्रिएका छन् । ग्ल्याम नेपाल इन्टरनेशनलको चौथो सँस्करणमा चर्चित डिजाइनरहरूले बनाएका पहिरनमा उनीहरुले विभिन्न मोडलहरुको साथमा क्याटवाक गरेका हुन् ।
दरबार मार्गस्थित याक एण्ड यति होटलमा आयोजना भएको फेशन शोमा सो स्टपरको रुपमा कलाकारहरूले क्याट वाक गरेका हुन् ।
फेसन शोमा नायक प्रदीप खड्का, नायिका आँचल शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, आना शर्मा, शिल्पा मास्के, दिव्या रायमाझी, मिरुना मगर, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूले सो स्टपरको रुपमा दर्शकको मन जिते । फेसन शोमा महिला र पुरुष गरेर ३० मोडलले विभिन्न पहिरनका आकर्षक डिजाइनमा र्याम्प वाक गरेका हुन् ।
प्रारम्भ प्रोडक्सनको आयोजनामा भएको फेसन शोमा ‘स्वयंम गुरुङ, सेन्स क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्या खनाल, हुबा, अन्नुस क्रियशन, वेरा बाई जारा, राजन शाह लगायतका डिजाइन र डिजाइनर्सका पहिरनमा मोडलहरुले र्याम्प वाक गरेका थिए ।
हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेसन शो नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीहरूलाई जानकारी दिन आयोजना गरिएको प्रारम्भ फाउन्डेसनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए । यो फेसन शो करिब ३ घन्टा चलेको थियो ।
- #nepali movie
- #nepali movie
- #bollywood
- #nepali movie
- #aakash shrestha
- #Melina Rai
- #melina rai
- #natak
प्रतिक्रिया