मोडल हन्ट नेपाल’को नयाँ संस्करण सुरु
नेपालकै बृहत् र स्तरिय मानिएको मोडल हन्ट नेपालको ९ औं संस्करणसुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार एक विज्ञप्ती जारी गर्दै मोडल हन्ट नेपालको नयाँ संस्करणको आवेदन खुल्ला भएको जनाएको हो ।
'मोडल हन्ट नेपाल २०२४’का लागि पुरुषको हकमा ५ फिट ६ इन्च र महिलाको हकमा ५ फिट २ इन्च उचाई हुनुपर्ने प्रावधान छ । आवेदन फर्म खल्ती एपबाट भर्न सकिनेछ । १६ देखि २८ बर्ष उमेर हुनुपर्ने प्रावधान रहेको छ।
मंसिर ७ गतेबाट सुरु हुने प्रतियोगीताको प्रारम्भिक चरणको अडिसनमा छानिएका प्रतियोगीलाई सबिता कार्कीले कोरियोग्राफी गर्नेछिन् । एक महिनाको प्रशिक्षणको क्रममा उनीहरुले व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिब कक्षा पनि लिनेछन् ।
व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो छ ।

‘मोडल हन्ट नेपाल’को उपाधि विवश र नेहालाई

‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ को चौथो सँस्करणको घोषणा

नेशनल डिजाइनर रन वेको उपाधि प्राङ्देनलाई

‘फेस अब क्लासिक डाइमन्ड’को उपाधि पूर्णिकालाई

नेपाली सुन्दरी सबी थापाले जितिन् ‘ड्याज्लीङ डिभा’ अवार्ड

विवाहित महिलाहरुको ट्यालेन्ट सो

सन्तोषले जिते ‘मिस्टर नेपाल २०२४’को उपाधि

प्रतिक्रिया