नेपाली सुन्दरी सबी थापाले जितिन् ‘ड्याज्लीङ डिभा’ अवार्ड

गत अक्टोबर ६ मा भारतको जयपुरमा भएको ‘मिस टिन अफ द युनिभर्स’मा नेपाली सुन्दरी सबी थापाले विधागत तर्फको ‘ ड्याज्लीङ डिभा ’ अवार्ड जितेकी छन् । २१ देशका १४ देखि २० वर्षसम्मका सुन्दरी सहभागी उक्त प्रतियोगितामा सबीले उक्त विधागत उपाधि पोल्टामा पारेकी हुन् ।
रौतहटकी १८ वर्षकी सबीलाई नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रतियोगितामा पठाएको थियो । प्रतियोगितामा जानु अघि उनलाई १० दिनसम्म ‘ट्यालेन्ट स्टार नेपाल २०१९’ कि विजेता पिङकी तामाङले तालिम दिएकी थिइन् भने उनको पहिरनको डिजाइन गोकर्ण गुरुङले गरेका थिए । सबीले प्रतियोगितामा राष्ट्रिय पोसाक विधामा तामाङ पोसाक लगाएकी थिइन ।

‘मोडल हन्ट नेपाल’को उपाधि विवश र नेहालाई

‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ को चौथो सँस्करणको घोषणा

नेशनल डिजाइनर रन वेको उपाधि प्राङ्देनलाई

‘फेस अब क्लासिक डाइमन्ड’को उपाधि पूर्णिकालाई
मोडल हन्ट नेपाल’को नयाँ संस्करण सुरु

विवाहित महिलाहरुको ट्यालेन्ट सो

सन्तोषले जिते ‘मिस्टर नेपाल २०२४’को उपाधि

प्रतिक्रिया