उपासना र कुन्साङलाई कती हतार ?

मंगलबार बेलुकी आयोजित फिल्म ‘घर ज्वाइँ’को प्रिमियरमा नायिका उपासना सिंह ठकुरी र नायक कुन्साङ बम्जम केन्द्रमा रहेँ । यी दुईले सल्लाह गरेरै कालो पहिरन लगाएर गएको वुझ्न सकिन्थ्यो । 

कुन्साङ र उपासना नजिकका साथी हुन् भन्ने कुरा पनि उनीहरुको बोन्डिङबाट प्रष्ट भयो । उसो त कुन्साङ नायिका मिरुना मगरका अधिकांश फिल्मको प्रिमियरमा पुग्ने गरेका छन् । 

फिल्म हेरिसकेपछि कुन्साङ र उपासनालाई भने हतारो देखियो । उनीहरू, मिडियाको क्यामेरा छल्दै बाहिरिन खोजे । तर, मिडियाकर्मीले उनीहरुलाई समाते । यसपछि, भने उनीहरुले फरक फरक टिम बनाएर बसेका मिडियाकर्मीलाई अन्तरवार्ता दिए ।

उपासनाले फिल्मको स्टोरी लाइन मन परेको तर्क गरिन् । कुन्साङले पनि फिल्मको खुलेरै तारिफ गरे । 

उपासनाले अभिनय गरेको फिल्म ‘खुस्मा’ पनि मगर संकृतीकै कथामा आधारित छ । यहीकारण, उनका लागि यो फिल्म चल्दा केही फाइदा हुने देखिन्छ । 

तर, फिल्म हेर्न सल्लाह गरेरै एउटै रंगको पहिरन लगाएर पुगेका यी दुईलाई भने बाहिरिन हतारो देखियो ? आखिर यी दुईलाई हतार भने किन थियो होला कुन्नि ?