कंगना अब सांसद

नायिका कंगना रनावतले लोकसभाको निर्वाचन जितेकी छिन् । भारतीय जनता पार्टी(बीजेपी)को उम्मेदवार बनेकी उनले हिमाञ्चल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट चुनाव जितेकी हुन् । 

कंगनाले कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई ७० हजार बढी मत अन्तरले हराएकी छिन् । पहिलो पटक निर्वाचनमा होमिएकी कंगनाले पहिलो पटक नै लोकसभाको ढोका खोलेकी छिन् । उनले, आफ्नो जित प्रधानमन्त्री नरेन्द्र मोदी प्रतिको विश्वासको रुपमा हेरेको बताएकी छिन् । 

कंगना आफ्नो विवादित बयानका कारण सधैं नै चर्चामा रहिन् । केही फिल्म हिट त केही फिल्म असफल भएपछि कंगनाको करिअरको विषयमा पनि चर्चा सुरु भएको थियो । तर, उनले लोकसभाका लागि टिकट पाएपछि आफ्नो यात्रा मोडेकी थिइन् ।